भारतमा थप दुई लाख ५८ हजार नयाँ सङ्क्रमित
नयाँ दिल्ली,३ माघ । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । आइतबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार २०२ जना नयाँ सङ्क्रमित थपिएका थिए । भारतमा अहिलेसम्म कुल तीन करोड ७३ लाख ८० हजार २५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये १६ लाख ५६ हजार ३४१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म सङ्क्रमित मध्ये आठ हजार २०९ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख ५१ हजार ७४० रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या झण्डै एक लाख कम भएकाले दैनिक रुपमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको हो । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५२ लाख ३७ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा ३८५ जनाको कोरोनाका कारण मृ,त्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृ,त्यु भएकाहरुको सङ्ख्या चार लाख ८६ हजार ४५१ रहेको छ ।
यो पनि पढ्नुहोस..उर्लाबारी । मोरङ उर्लाबारीका चर्चित युवा व्यवसायी नुतन राई दुवईमा सम्मानित हुने भएका छन्। व्यवसायमा कुशलताका साथैं सफल उद्यमी भएको भन्दै राई सम्मानित हुने भएका हुन् । जसका लागि व्यवसायी राई आज दुवई जाँदैछन्। उनलाई तिरसा नेपालले माघ ३ गते भब्य सम्मान गर्दैछ।२०६४ सालमा एसएलसी उत्तीर्ण गरेपछि भोजपुरको सानोदुम्बाबाट उच्च शिक्षा अध्ययनका लागि १६ वर्षे किशोर नुतन राई तराई झरे। सम्भावनाको खोजिमा तराई झरेका नुतनका थुप्रै आफन्त थिए। कोही कसैको भर खोजेनन्,उनले। आफन्तसँग हार गुहार गर्दा उनको दैनिकी सरल बन्थ्यो। गोजीमा दुई चार पैसा जम्मा हुन्थ्यो। तर, उनले तराईको गर्मीमा एक्लै संघर्ष गरेर स्थापित हुने सपना देखे।
उर्लाबारीमा केही काम गर्ने अनि डेरा बसेर कलेज पढ्ने सपना थियो नुतनको। कलेजमा भर्ना भएपनि उनलाई आर्थिक समस्याले दुख दिनथाल्यो। त्यसपछि नुतन मङ्गलबारेको आइडियल मेमोरियल बोर्डिङ स्कुल पढाउँदै कलेज पढ्न थाले। बोर्डिङको जागिर, थोरै आम्दानी घरभाडा,खानानास्ता, कलेज शुल्क , बाँच्नै गाह्रो। पहाडमा पनि उति राम्रो आर्थिक ब्यवस्था थिएन। त्यसैले घरसँग कहिल्यै पैसाको अपेक्षा गरेनन ,उनले।ओठ माथि भरखर जुँघाको रेखी बस्दै गरेको एउटा किशोर। जातले हो भने बेलैमा लाहुर जानुपर्ने। एसएलसी पास हुना साथ आफन्तले लाहुर लाग्न पनि सुझाए थिए। लाहुर नलागे बैदेशिक रोजगारमा जान आग्रह गरे। तर, नुतनले नेपालमै सम्भावनाको खोजिगर्न छोड्नु भएन। उर्लाबारीको बसाईमा धेरै बाधा उल्झन भएपछि उहाँ नयाँ सम्भावनाको खोजिमा काठमाडौं हानिए।
काठमाडौंमा पनि आफन्त कोही थिएनन्। जागिरका लागि न प्रमाणपत्र थिए। न कुनै तालिम नै लिएको थियो। सबैभन्दा छिट्टो पाइने काम थियो , होटलमा भाडा माझ्ने। उनले बालाजुको एउटा होटलमा भाँडा माझ्न थाले। झण्डै २ वर्ष काम गरेपछि उनी पुनः उर्लाबारी फर्किएर छापाखानामा काम गर्न थाले।छापाखाना र ट्राभल्स कम्पनीमा दिन र रात गरेर १८ घण्टा काम गर्दा नुतनले ३ वर्षको अवधिमा ७६ हजार रुपियाँ बचत गरे। त्यसपछि उनलाई बिदेश गएर धेरै पैसा कमाउने भूत चढ्यो। बिदेश जान सन् २०११ मा राहदानी बनाए।
राहदानी बनाए पनि नुतन बिदेश गएनन्। जहाँ काम गरेका थिए ,त्यही ट्राभल्स कम्पनीका सञ्चालकले कम्पनी बिक्री गर्ने भए। ब्यापारमा सम्भावना देखिरहेका नुतनले स्वदेश मै जोखिम मोल्ने निर्णय गरे। हातमा राहदानी बोकेर उनी पिके ट्राभल्स नामको कम्पनी खरिद गर्ने निर्णयमा पुगे। २०६८ सालमा चारु सुनचाँदी पसलबाट पैसा ब्याजमा लिएर उनले ट्राभल्स कम्पनी सञ्चालन गर्न थाले।एक दशकको बीचमा नुतन राईको कम्पनी पिके ट्राभल्स एण्ड टुर कम्पनी प्रालिमा रुपान्तरण भइसकेको छ। आफ्नै नीजि घरमा श्रीमती र दुईवटा छोरासँगै बस्दै आएका राई संघर्षले जन्माएका ब्यवसायी हुन्।


