जाजरकाेटमा १२ देखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप

हेमन्त केसी/जाजरकोट, ५ माघ ।जाजरकाेटमा १२ देिख १७ वर्षका २३ हजार २० बालबालिकालाई कोभिड-१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ ।

१२ पुसदेखि सञ्चालन भएकाे खोप अभियान जिल्लाका सात वटा स्थानीय तहका २ सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन भएकाे स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाले बताए ।

उनका अनुसार १२ देखि १७ वर्ष उमेरका शतप्रतिशत बालबालिकालाई खोप लगाइएकाे हाे । बारेकोटमा २ हजार ६ सय ३१, कुशेमा २ हजार ९ सय १०, जुनीचाँदेमा ३ हजार १ सय ४३, छेडागाडमा ५ हजार ९९, शिवालयमा १ हजार ४ सय ५६, भेरीमा ४ हजार ३ सय ११ र नलगाडमा ३ हजार ६ सय ५१ लाई खोप लगाइएकाे हाे ।

जाजरकोटमा बालबालिकासँगै अन्य उमेर समूहका लागि पनि खाेप अभियान सञ्चालनमा छ । हालसम्म ८६ हजार २ सय ४४ जनालाई पहिलो र ६५ हजार ४ सय ७२ लाई दोस्रो मात्रा खोप लगाइको बुढाले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।