जिल्ला अस्पताल लमजुङमा ‘हेल्लो डाक्टर’ सेवा सुरु

लमजुङ, ७ माघ/लमजुङलगायत छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित देखिनुको साथ स्वास्थ्य संस्थाहरुमा कोरोनाको आंशका भएका विरामी आउन थालेपछि जिल्ला अस्पताल लमजुङले ‘हेल्लो डाक्टर’ सेवा सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै संक्रमण जोखिम बढिरहको अवस्थामा अस्पतालमा कोरोनाको सम्भावित जोखिम र अन्य बिरामीको चाप बढेपछि घरमै बसेर पनि डाक्टरको परामर्श लिने व्यवस्थासहित हेल्लो डाक्टर सेवा पुन सुरु गरेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका व्यक्ति तथा कोरोना भाइरसको आशंका वा लक्षण देखा परेका व्यक्तिले स्वास्थ्य सम्बन्धी सल्लाह तथा परामर्श लिन मोवाइल नंम्बर ९८६४८९६७४५ मा फोन गर्न सक्नेछन् ।

कोरोना सँग सम्वन्धि मात्र नभई अन्य स्वास्थ्यसम्वन्धी समस्या भएका विरामीहरुले समेत उक्त नम्वरमा सम्पर्क गरी परामर्श सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

कोरोना भाइरस प्रभावित क्षेत्रबाट आएका र भाइरसको लक्षण देखा परेका नागरिकलाई अस्पतालका मेडिकल अफिसर लगायतका चिकित्सकले फोनबाटै सल्लाह सुझाव दिनुहुने हुदाँ उनीहरुले सोही अनुसार सतर्कता अपनाउन सक्ने अस्पताल प्रमुख हेमन्त श्रेष्ठले वताए । अस्पतालले यसअघि कोरोना संक्रमण जोखिमै अवस्थामा गत बैशाखमा पनि हेल्लो डक्टर सेवा सञ्चालन गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।