धनकुटामा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि,सक्रिय संक्रमित संख्या १४३
धनकुटा । धनकुटामा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ जनाको पिसिआर परिक्षण गर्दा १२ जना र १८ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सँगै जिल्लामा सक्रिय संक्रमित संख्या १४३ पुगेको स्वास्थ्य कार्यालय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाकाे सेवा स्थगित
खोटाङ, ११ माघ /कर्मचारीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाको नियमित सेवा स्थगित गरिएको छ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि हलेसी तुवाचुङ नगरपालिकाको मंगलबारदेखि १५ माघसम्म र रावाबेँसी गाउँपालिकाको १७ माघसम्म अत्यावश्यकबाहेकका सेवा स्थगित गरेकाे हो । नगरपालिकामा कार्यरत तीन कर्मचारीलाई काेराेना संक्रमण भएपछि ६ दिनका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेकाे हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
स्थानीय एवं गाउँपालिकामा कार्यरत कर्मचारीमा संक्रमण देखिएपछि रावाबेँसी गाउँपालिकाको आन्तरिक प्रकृतिको सेवा र अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद राईले जारी गरेको सूचनामा उल्लेख छ ।


