धनकुटामा हिजो थपिए २४ नयां संक्रमित
धनकुटा । हिजो धनकुटामा कोरोनाका २४ जना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यलय धनकुटाका अनुसार ८ जनाको पिसिआर परिक्षण गर्दा ६ जना र २७ जना को एन्टिजेन परिक्षण गर्दा १८ जनाको नतिजा पोजिटिभ आएको हो ।
यो सँगै जिल्लामा सक्रिय संक्रमित १४३ जना बाट वढेर १६५ पुगेको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । दैनिक निकै ठुलो संख्यामा संक्रमित थपिदै गएकोले स्वास्थ्य शर्तकता अपनाउन जिल्लावासीलाई उहाँले सचेत गराउनुभएको छ ।
आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने
काठमाडाैं, १३ माघ/हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली र तराईमा हुस्सु छ ।
दिउँसो प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन छ ।
शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।


