६८ सय नंया संक्रमित थपिए
काठमाडौं, १३ माघ /नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् ।यस अवधिमा १० जनाको मृ त्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८ सय ७ र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६८ सय २७ जना नयाँ संक्रमित थप भएका हुन् ।
२४ घन्टामा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।
सिरक डसनाको बिक्री बढ्यो
इनरुवा, १४ माघ (रासस) ः सुनसरीमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ । सिरक, डसना, रुवा, ऊनीको सर्टको कपडा, कुर्ता सुरुवाल टोपी, ब्ल्याङ्केट लगायतका लुगाको कारोबारीमा वृद्धि भएको सुनसरी सदरमुकाम इनरुवा–१ का व्यापारी शम्भु मेहताले बताउनुभयो ।
चिसोबाट जोगिनलाई न्यानो कपडा आवश्यक पर्ने भएकाले यसको कारोबार वृद्धि भएको हो । सदरमुकाम इनरुवामा मात्रै दैनिक पचासौँ लाखको न्यानो कपडा बिक्री भइरहेको उद्योग वाणिज्य सङ्घ इनरुवाले जनाएको छ । करिब एक सय कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यपारीले जनाएका छन् ।
यसैगरी तयारी पोसाकमा ज्याकेट, स्वेटर, गलबन्दी, टोपी ट्र्याकसुट, टाउजर, जम्फर लगायतका बिक्री बढ्नाका साथै सिरक, डसना बनाउने क्रमसमेत बढेको जनाइएको छ ।
व्यवसायीका अनुसार जाडोमा घरभित्र सिरक डसनाको आवश्यकता बढी हुने भएकाले सिरक बनाउन आउने र कपास किन्नेहरुको समेत भीड बढेको छ । इनरुवामा सिरक डसना बनाउँदै आएका व्यपारीका अनुसार गत पुषको दोस्रो सातादेखि हालसम्म दैनिक तीनदेखि बढीमा १० वटासम्म बनाउने गरेको जनाइएको छ । चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्यसमेत वृद्धि गरेको स्थानीय उपभोक्ता मन्दीपकुमार साहले बताउनुभयो ।


