सुजलको ६ वर्षपछि राष्ट्रिय टोलीबाट गोल

काठमाडौं, १८ माघ /सुजल श्रेष्ठले राष्ट्रिय फुटबल टोलीका लागि ६ वर्षपछि गोल गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा मौरिससविरुद्ध अग्रता दिलाउँदा सुजलले ६ वर्षपछि गोल गरेका हुन् । यो उनको राष्ट्रका लागि तेस्रो गोल हो ।

यसअघि सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए । सुजनले यसअघि टिमोर लिस्टे र लाओसविरुद्ध गोल गरेका हुन् ।

दशरथ रंगशालामा जारी खेलको १०औं मिनेटमा सुजलले नेपालका लागि अग्रता दिलाएका हुन् । उनले पूजन उपरकोटिले बक्स भित्रबाट गरेको ब्याक फ्लिकलाई वान टचमै गोल गरे । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी भएको थियो ।

विकास खर्च किन भएन भनेर सधैँ भनिराख्नु राम्रो भएन ः अर्थमन्त्री
काठमाडौँ, १८ माघ (रासस) ःअर्थमन्त्री जनार्दन शर्मा पुँजीगत खर्च गर्नु भनेर सचिवलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज भएको चालू आवको हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ‘खर्च गर्नुहोस्’ भनेर सचिवलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताउनुभएको हो । “पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन राम्रो कुरा होइन”, उहाँले भन्नुभयो, “समस्याको सहजीकरण गर्नु ठिकै हो । तर खर्च गर्नुपर्छ भनेर दबाबको रूपमा दबाब दिइरहनुपर्ने कुरा ठिक संस्कार होइन । यसको अन्त्य गर्नुपर्छ ।” मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

यसैगरी मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवले खर्च हुनसक्ने÷नसक्ने योजनाको स्पष्ट विवरण दिन निर्देशन दिनुभयो । जनतामा सरकारले पुँजीगत खर्च गर्ने नसक्ने भन्ने सन्देश प्रवाह भएको भन्नुहुँदै उहाँले खर्च गर्न सकिने तथा नसकिने योजनाको सूची बनाउन निर्देशन दिनुभएको हो ।

खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न उहाँले भन्नुभएको हो । त्यस्तै उहाँले खर्चको अर्धवार्षिक समीक्षापछि आ–आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर्देशन दिनुभयो ।

पुँजीगत खर्च बढी हुने मन्त्रालयहरूले विशेषगरी अग्रसरता लिएर योजनालाई अगाडि बढाउनुपर्नेमा पनि मन्त्री शर्माले जोड दिनुभयो । त्यसमा पनि पछिल्लो समय कृषि मन्त्रालयको भूमिका थप हुनुपर्ने उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।