धनकुटामा आज थप १६ जनामा संक्रमण
धनकुटा । धनकुटामा आज कोरोनाका १६ जना स.क्रमित थपिएका छन् ।
६जनाको पिसिआर परिक्षण गर्दा ४ जना र १६ जनाको एन्टिजेन परिक्षण गर्दा १२ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । हाल जिल्लामा १६४ जना सक्रिय संक्रमित रहेका छन् ।
आज ८ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसद गुरागाईले जानकारी दिनुभयो । जिल्लामा सकरात्मक्ता दर अझै ९० प्रतिशत माथिको हाराहारीमा रहेको जनाईएको छ ।


