सुरक्षा समिति बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल

काठमाडौं, १९ माघ /केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको आह्वानमा बुधबार बसेको बैठकमा स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने शान्ति सुरक्षाको विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल भएको भोलिपल्ट बुधबार गृहमन्त्री खाँणले सुरक्षा समितिको बैठक बसेको हो ।

गृहसचिव टेकनारायण पाण्डे, प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी बैठकमा गृहमन्त्री खाँणले आसन्न निर्वाचनलाई लिएर सुरक्षा योजना पेस गर्न निर्देशन दिएका छन् ।

सोही बैठकमा वर्तमान शान्ति सुरक्षाको अवस्थाकाबारेमा पनि छलफल भएको छ । एमसीसीको विषयलाई लिएर हुन सक्ने सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।