कोशी अस्पतालको सेवा प्रवाहमा दलहरुको चासो, अस्पताल सुधारका लागि दलहरुले अनुगमन गर्ने

विराटनगर ः विराटनगरको कोशी अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त बनाउँदै प्रदेश १ कै नमुना अस्पताल बनाउन मोरंगका राजनीतिक दलहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् ।कोसी अस्पतालको सेवामा गुनासो आएपछि संवाद समुह प्रदेश १ ले आयोजना गरेको संवादमा अस्पतालको सेवा सुधारमा दलहरु लाग्ने प्रतिवद्धता आएको हो ।

विशेषज्ञ डाक्टर नबस्ने, सुचना प्रणाली व्यबस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहूँचवालाले मात्रै सेवा पाएको गुनासो आएपछि दलहरुसँग संवाद आयोजना गरिएको हो ।संवादमा दलहरुले कोसी अस्पताललाई नमुना अस्पतालका रुपमा स्थापित गर्न एक हुने प्रतिबद्धता जनाएका हुन् ।आगामी आर्थिक बर्षको बजेटटमा कोशी अस्पताललाई प्राथमिकतामा राख्नका लागि अस्पताल विकास समिति र अस्पताल प्रशासनको नेतृत्वमा सबै दलहरुले साझा रुपमा पहल गर्ने बताएका हुन् ।

अस्पतालको क्षमता बिस्तार गरि ५ सय बेडको अस्पताल बनाउन भएको ओएनएमस सर्बे पारित गराउन भुमिका खेल्ने पनि उनीहरुले बताएका हुन् ।
अस्पतालले ओएनएमएस सर्वे पठाइसकेकाले यो पारित भए अस्पतालमा देखिएको कर्मचारी र चिकित्सक समस्या समाधान हुने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले बताए । संवादमा अस्पतालको सही ब्यवस्थापनका लागि दलहरुको तर्फबाट बेला–बेला अनुगमन र निरीक्षण गरि समस्या समाधानमा सकारात्मक पहल दलका नेताहरुले बताए ।

पूर्ब सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य जीवन घिमिरेले कोशी अस्पतालको बिग्रिएको शाख जोगाउनु पर्ने अहिलेको चुनौती रहेको बताए ।
हिजोको तुलनामा केही सुधार हुँदै गएको छ, उनले भने, कहिले प्रदेश र कहिले संघीय सरकार माताहतमा हुँदा समस्या भएको थियो, अहिले संघीय सरकार माताहतमा हुँदापनि केही कामहरु देर्खिको छ। उनले कोशी अस्पताल प्रदेश कै रिफरल अस्पताल भएकोले नमुना रिफरल अस्पतालको रुपमा विकास गर्न दलहरुले भुमिका खेल्नु पर्ने बताए ।

नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले नागरिकलाई दिने सेवा प्रवाहको बारेमा सुचना प्रणाली ब्यवस्थित नभएको बताए । ‘सुचना अभावका कारण सेवाग्राही अलमलमा पर्ने अबस्था छ, उनले भने, ओपिडि, ईमर्जेन्सीको बारेमा पनि जानकारी प्राप्त गर्न अप्ठेरो छ, सेवा पाउने र दिने बारेमा एउटा हल बनाएर हेल्प डेस्क बनाएर जाने हो भने धेरै नागरिकको समस्या समाधान गर्न सकिन्छ ।’ अस्पताल प्रबेश गर्ने बितिकै सेवा के पाउने, कहाँ–कहाँ पाउने, कति बजेदेखि कतिबजेसम्म सेवा पाउने भन्ने सुचना नागरिकलाई दिनुपर्ने बताए ।

नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पतालको जनशक्तिलाई सही ब्यवस्थापन गर्ने हो भने धेरै समस्या समाधान हुने बताए ।राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र काम नगर्नेलाई कार्वाही गर्नेगरि जानु पर्ने उनको धारणा छ । अस्पतालको सुधार गर्न दलका प्रतिनिधि सहितको उपस्थितीमा समितिका पदाधिकारी, प्रशासन प्रमुख, शाखा प्रमुखहरु बसेर छलफल गरेर जानसक्नु पर्ने बताए । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले समस्या दलहरुमा नै रहेको बताए । ‘हामीबाट शुरु भएको समस्या हामी जहाँ जहाँ जन्छौँ त्यही जान्छ, उनले भने, पहिला हामी सुध्रिएपछि मात्र संस्थाहरु सुध्रिन्छ ।’

सरकारले तोकेको समय भित्र कार्यालयमा नबस्ने डाक्टरलाई कार्वाही गर्नु पर्ने बताए । ‘अहिले डाक्टरहरु कार्वाही हुँदैन भन्नेमा देखिन्छन्, उनले भने, काम नगर्ने नागरिकप्रति जवाफदेही नहने डाक्टरलाई कार्वाही गर्ने हो भने सबै समस्या हल हुन्छ ।’जसपाका नेता राजकुमार यादवले डेलिभरी अबस्थामा अस्पताल जाँदा पनि भर्ना नहुने गरेको बताए । ‘पहुँचवाला गएको छ भने चाँडो भर्ना हुन्छ, उनले भने, अन्य ब्यक्ति गयो भने भर्ना पाउने अबस्था छैन ।’ तर कोशी अस्पतालमा पहिलाको भन्दा केही सुधारको छनक देखिएको बताए ।

लोसपाका नेता मोहम्मद कादिरले ग्रामिण क्षेत्रबाट आउने सर्बसाधारणलाई धेरै दुख हुने गरेको बताए । पहुँचको आधारमा मात्र सेवा पाउँदा अप्ठेरो अबस्थामा सेवा पाउनु पर्ने नागरिक बञ्चित हुने अबस्था आउने बताए । अस्पताल विकास समितिले सबैदलहरुलाई बोलाएर समस्याको बारेमा छलफल गर्ने हो भने धेरै समस्या हल भएर जाने बताए । राप्रपाका नेता माधवराज आचार्य र टंक गुरागाईँले आर्थिक अबस्था कमजोर भएको ब्यक्ति उपचारको लागि जाने गरेकाले यस्तो अबस्थामा नागरिकका गुनासा सुन्न हेल्पडेस्क राखिनु पर्ने बताए । अस्पताल विकास समितिक अध्यक्ष भट्टराईले सुचना डेक्स राख्ने प्रतिवद्धता जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖