अपडेट : धनकुटामा आज ४ जना कोरोना संक्रमित थपिए

धनकुटा : आज धनकुटामा ४ जना कोरोना संक्रमित थपिएका छन् । ८ जनाको पिसिआर परिक्षण गर्दा १ र ४ जनाका ऐन्टिजेन परिक्षण गर्दा ३ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । आज जिल्लामा १० जना कोरोना मुक्त भएको कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । हाल जिल्लामा सक्रिय संक्रमित संख्या ३४ जना छ ।

यसैवीच धनकुटामा अहिले सम्म १ हजार २ सय ९७ जनाले कोरोना संक्रमण विरुद्धको वुष्टर मात्रा खोप लगाएको स्वास्थ्य कार्यलयले जनाएको छ । बुष्टर मात्रा लगाउनेहरु सबै १८ वर्ष माथिका हुन् । त्यस्तै यही उमेर समूहका ९१ हजार २ सय ८० जनाले पहिलो मात्रा र ८१ हजार ९ सय ३४ जनाले दोश्रो मात्रा खोप लगाएका छन् । १२ देखी १७ वर्ष उमेर समूहका १६ हजर ४ सय १८ जना वालवालिकाहरुले पहिलो मात्रा र १२ हजार २ सय २८ जनाले दोश्रो मात्रा खोप लगाएको स्वास्थ्य कार्यलयको तथ्यांक छ ।

लिटेक्निक प्रतिष्ठान निर्माण सुस्त गतिमा
मकवानपुर, २८ माघ (रासस) :हेटौँडा उपमहानगरपालिका–६ चित्रेपानी थालिएको नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको भवन निर्माण सुस्त गतिमा भइरहेको छ । निर्माण अवधि सकिए पनि हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उक्त भवन निर्माण सुरु गरिएको हो । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवद्वारा २०६६ सालमा गरिएको भारत भ्रमणका अवसरमा नेपाल र भारतबीच भारत सरकारको अनुदानमा उक्त भवन निर्माण गर्न सम्झौता भएको हो ।

भवन निर्माण गर्न भारत सरकारले ४८ करोड ४८ लाख भारतीय रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको थियो । भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसनले चित्रेपानीमा साढे १७ हेक्टर क्षेत्रफलमा भवन निर्माण गर्न २०७६ भदौ १४ गते सम्झौता गरेको थियो । दुई वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता भएपनि कोरोना महामारीका कारण भारतीय निर्माण कम्पनीले नेपाली कम्पनी शान्ति आरोग्यलाई भवन निर्माणको जिम्मा दिएको थियो । नेपाली निर्माण कम्पनीले २३ ब्लकमा काम गरिरहेको र अधिकांश भवनको पहिलो र दोस्रो तलाको काम पूरा भएको जनाएको छ ।

भारतीय कम्पनीबाट रकम भुक्तानीमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको शान्ति आरोग्य निर्माण कम्पनीका प्रबन्धक अभिषेक बरालले जानकारी दिनुभयो । आगामी जुलाई महिनासम्मका लागि निर्माणको म्याद थप गरिएको उहाँले बताउनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖