धनकुटामा आज ४ संक्रमणमुक्त
धनकुटा । आज धनकुटाका ४ जना कोरोना मुक्त भएका छन् । यो सँगै कोरोनाको तेश्रो लहर चलिरहँदा संक्रमण पुष्टि भएका ३०३ जना मध्ये निको हुनेको संख्या २९५ पुगेको छ ।
अब ८ जना सक्रिय संक्रमित बाँकी रहेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । आज यहाँ संक्रमित थपिएका छैनन् ।
विद्यालय प्रारम्भिक कमिटी गठनमा तिव्रता
धनकुटा । निर्वाचनको मिति घोषणा भएसंगै अनेरास्ववियु धनकुटा जिल्ला आयोजक कमिटीले विद्यालय प्रारम्भिक कमिटी गठनलाई तिव्रता दिएको छ ।
धनकुटाका सातै तहमा अनेरास्ववियुले एकसाथ कमिटी गठन गर्न थालेको हो । कमिटिले विद्यार्थीको हक हितको लागि डटेर लड्ने र राष्ट्र विरोधि तत्वहरुको पत्तासाफ गर्ने अनेरास्ववियु केन्द्रिय कमिटी सचिबालय सदस्य तथा धनकुटा का इन्चार्ज क. अङ्कित थापा ले बताउनुभयो ।
यस्तै अनेरास्ववियु आयोजक कमिटी सचिव सन्तोष बुढाथोकीले अबको विद्यार्थीमा नयाँ कमिटीले राजनैतिक चेतको समेत वृद्दि गराउने बताउनुभयो ।
आज चौबिसे गाउँपालिका,महालक्ष्मी नगरपालिका र पाख्रीबास नगरपालिकामा कमिटी गठन सुरु भएको हो । चौबिसे गाउपालिकामा अनेरास्ववियु जिल्ला कमिटी धनकुटाका नेता प्रकाश गिरी,महालक्ष्मी नगरपालिकामा अनेरास्ववियु नगर कमिटी अध्यक्ष बिनोद बानिया र पाख्रीबास नगरपालिकामा अनेरास्ववियु जिल्ला आयोजक कमिटी सचिव सन्तोष बुढाथोकी र सह सचिब सुबन श्रेष्ठ को नेतृत्वमा गठन भएको हो ।


