प्रदेश १ मा आज ६० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ११ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना संक्रमण भएको छ । ३६६ जनाको पीसीआर परीक्षण गर्दा ४३ र ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९, सुनसरीमा ९, झापामा ८, इलाममा २, भोजपुर र उदयपुर १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ७, पथरीशनिश्चरे र बुढीगंगामा २–२, मिक्लाजुङ, सुन्दरहरैचा, बेलबारी, रतुवामाई, लेटाङ, केराबारी, सुनबर्षी र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, हरिनगर, धरान र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ३, विर्तामोड, मेचीनगर, हल्दिबारी, गौरीगञ्ज र दमकमा १–१, इलामको इलाम नगरपालिका र रोङमा १–१, भोजपुरको हतुवागढी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३६ महिला र २८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९६९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖