खोटाङमा दुरुपयोग भइरहेको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

खोटाङ । खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका आधारमा नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

भारतीय भूतपूर्व सैनिक संघको नाममा रहेको सो एम्बुलेन्स दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका प्रेमचन्द्र राईले मासिक १५ हजार भाडामा चलाउँदै आएका थिए । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकीले राईलाई मंगलबार एम्बुलेन्स सहित नियन्त्रणमा लिएको हो ।

यस बारेमा थप अनुसन्धान थालिएको डिएसपी लम्सालले बताए । ‘बिरामी बोक्नु पर्ने एम्बुलेन्सले अरू प्यासेञ्जर बोकेर गाउँमा गएको देखिन्छ । जुन प्रयोजनका लागि एम्बुलेन्स प्रयोग गर्नुपर्ने हो त्यो प्रयोजनमा प्रयोग भएको पाइएन । त्यस कारणले कारबाहीका लागि ट्राफिक प्रहरी कार्यालयमा पठाइएको छ,’ डिएसपी लम्सालले भने, ‘अप्ठ्यारोमा परेका बिरामी रेस्क्यू गर्नका लागि एम्बुलेन्सले सहुलियत पाएको हुन्छ । बिरामी नबोक्ने, अरू प्यासेञ्जर बोकेर हिँड्ने गर्नु त भएन । जे प्रयोजनका लागि ल्याइएको हो त्यो प्रयोजन विहीन हिसाबले चलाएकाले कारबाहीका लागि पठाइएको हो ।’

गाउँघरमा मट्टिमाला, पुलिक लगायतका पुराना चिजबिज खोज्दै हिँड्ने व्यक्तिलाई बोक्नका लागि सो एम्बुलेन्स प्रयोग गरेको जनाइएको छ । भारतीय राजदूतावासले जिल्लाका बिरामीको सहजताका लागि भारतीय भूतपूर्व सैनिक संघलाई सन् २०१५ मा सो एम्बुलेन्स दिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।