प्रधानमन्त्री रोजगार कार्यक्रममा शिक्षक र पालिकाका कर्मचारीकाे रजाइँ, विपन्नलाई ‘नो इन्ट्री’

जीवन कैला/बाजुरा, १२ फागुन । बेरोजगार, विपन्नलाई लक्षित गर्दै सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमा स्थानीय शिक्षक, पालिकाका कर्मचारीले रजाइँ गरेका छन् । कार्यक्रममा स्थानीय तहहरूले आफ्ना नजिकका कार्यकर्ता, शिक्षक, कर्मचारीलाई रोजगारी दिने गरेको पाइएको छ ।

वास्तविक विपन्न र बेरोजगारहरूले भने बञ्चित हुनु परेकाे गुनासो गरेका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका-६ ले प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट गरेकामा अधिकांश शिक्षक, कर्मचारी, ठेकेदार र उनीहरूका परिवारका सदस्य छन् ।

धेरैजसो शिक्षका श्रीमती र शिक्षिकाका श्रीमान चयन भएका छन् । जसमा मष्टेश्वरी मावि डोगडीका प्रधानाध्यापक मंगल धामीकी श्रीमती सिर्जना धामीसमेत रोजगार कार्यक्रममा छनोट भएकी छिन् ।

यस्तै, ब्रह्मदेव निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश नाथकी श्रीमती लक्ष्मीदेवी नाथ, विद्यालयका शिक्षक गोरे नाथकी श्रीमती नामसरा नाथ, शिक्षक अर्जुन नाथकी श्रीमती चन्दकला नाथ, शिक्षक चन्द नाथका छोरा सन्तोष नाथ, शिक्षिका सारा नाथका श्रीमान गोरे नाथ योगी, शिक्षिका सत्यदेवी नाथका श्रीमान नन्द नाथ योगी रोजगारमा छनोट भइ काम गरिरहेका छन् । यी सबै एउटै विद्यालयका शिक्षक शिक्षिकाका परिवारका सदस्य हुन् ।

गाउँपालिकामा कार्यरत पोषण संयोजक शेरबहादुर बुढाकी श्रीमती मना बुढा, सोही वडा कार्यालयमा कार्यरत लेखापाल शंकर नाथकी श्रीमती पार्वतीकुमारी गिरी समेत छनोटमा परेका छन् । यस्तै ठेकेदार बुद्ध बुढाका आमा माता बुढा पनि छनोट भएकी छिन् ।

वास्तविक गरिब तथा रोजगारीका लागि भैतारिरहेका नागरिकहरूलाई रोजगारीबाट बञ्चित गरी शिक्षक तथा पालिकाका कर्मचारीका परिवारका सदस्यहरुलाई नै प्रधानमन्त्री रोजगार कार्यक्रममा राखेका छन् । वडाध्यक्ष कुम्भ नाथले नातागोता र कार्यकर्तालाई मात्र रोजगार कार्यक्रममा छनोट गरेको भन्दै स्थानीय आक्रोसित भएका छन् । स्थानीय लालवीर नाथले वडाध्यक्षले मनोमानी तरीकाले रोजगार कार्यक्रममा मानिस छनोट गरेको बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा पहिला र पछि छनोटमा परेकाहरूको नाम लिष्ट माग्दा वडाध्यक्ष कुम्भ नाथ र खप्तड छेडेदह गाउँपालिका रोजगार संयोजक लोकराज जोशीले अटेर गरेको नाथले बताए ।

विपन्न परिवार र वर्षैपिच्छे आलोपालो गरी छनोट गर्नुपर्ने भए पनि वडाध्यक्षले भने मनोमानित हिसाबले आफ्ना नजिकका कार्यकर्ता र शिक्षकका परिवारलाई छनोट गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।