सहिदभुमि गाउपालिका वडा नं ७ मा जारी फुटवल प्रतियोगिता अन्तर्गत हिजो चार खेल सम्पन्न

धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिका वडा नं ७ मा जारी फुटवल प्रतियोगिता अन्तर्गत हिजो चार खेल सम्पन्न भएको छ ।

वडा खेलकुद विकास समितिको आयोजनामा बुधबार देखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । दोस्रो दिन पहिलो खेल पोक्ला १ सहिदभुमि र विश्रान्ति एएफसि मुलघाट बिच भएको खेलमा ० का विरुद्ध दुईगोलले विश्रान्ति विजयी भएको छ ।

दोस्रो खेल टाइगर एएफसी धाप र मितेरी युवा क्लब बिच भएको खेलमा ० का विरुद्ध ४ गोलले टाइगर विजयी भएको छ । तेस्रो खेलमा एएफसि भाउन्ने मोरङ र सागुरीगढी ८ पिप्ले बिच भएको खेलमा खेलको निर्धातिर समय अबधिमा २—२ गोल बराबरी भएपछि खेल ट्राईबेकरमा ३ का विरुद्ध ८ गोल लगाउदै भाउन्ने विजयी भएको छ ।

त्यस्तै गरी अन्तिम तथा चौथो खेलमा राजारानि एएफसी र आरएप्सी इटहरी बिच भएको खेलमा ० का विरुद्ध ५ गोल अन्तरले इटहरी विजयी भएको छ ।

प्रतियोगिताका प्रथम पुरस्कार नगद ६० हजार ट्रफी मेडल प्रमाण पत्र पुरस्कार रहेको छ भने दोस्रोलाई पनि नगद ३० हजार ट्रफी मेडल प्रमाण पत्र पुरस्कार प्रदान गरिन्ने विकास समितिका संयोजक केसव राईले जानकारी दिनुभयो । खेल फगुन १५ गते सम्म सञ्चालन हुनेछ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖