ललितकलाको विकासका लागि सरकारको विशेष प्राथमिकताः मन्त्री आले

काठमाडौँ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको ललितकला र संस्कृतिको संरक्षण एवम् विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १२औँ प्राज्ञसभा को आज उद्घाटन गर्दै उहाँले ललितकलाको विकास, प्रवद्र्धन गर्न मन्त्रालयले योजनाबद्ध कार्यक्रम ल्याउने विश्वास दिलाउनुभयो । मन्त्री आलेले भिन्न–भिन्न चार प्रज्ञा प्रतिष्ठानलाई एकीकृत गरेर, नाट््य, कला, संस्कृतिको प्रवद्र्धनमा ध्यान केन्द्रित गरिने बताउनुभयो । उहाँले भन्नुभयो,“ललितकलाको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्छौ, तीन÷चार वटा प्रतिष्ठान बनाएर काम छैन, पहिला पनि (नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहेको प्रतिष्ठान) एउटै थियो । यी सबैलाई एउटै प्रतिष्ठान मातहतमा समाहित गरेर यस क्षेत्रको विकास प्रवद्र्धनका लागि अघि बढ्छौ ।”

कार्यक्रममा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा सुनिलबाबु श्रेष्ठले राष्ट्रको मौलिक पहिचान प्रवद्र्धनमा कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहेको भन्दै कलालाई मौलिकताको साथसाथै यसलाई व्यावसायिक रुपमा पनि अघि बढाउनसके अर्थतन्त्रमा समेत टेवा पुग्नसक्ने बताउनुभयो । उहाँले विज्ञान र कलालाईसँगसँगै लैजाने गरी विज्ञान प्रतिष्ठानले योजनाबद्ध कार्यक्रम अघि सारेको जानकारी दिनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकूलपति के–के कर्माचार्यले प्राज्ञ सभाले प्रष्ठिानको आगामी वर्षको रणनीति तय गर्ने जानकारी दिनुभयो । यस्तै सभाले प्रतिष्ठानको कार्यविधि, आगामी वर्षको अनुमानित प्रस्तावित बजेट कार्यक्रमलाई पारित गर्नेछ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले कला, संस्कृतिको विकासका लागि सबै नाट्य प्रतिष्ठानहरुले समन्वयका साथ योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने खाँचो औंल्याउनुभयो । प्राज्ञ गङ्गा सुवेदीले मुलुकको कुना कन्दरामा लुकेका कला र संस्कृतिलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम अघि बढाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

यसैबीच प्रतिष्ठानले ललितकलामा आवद्ध कलाकारलाई परिचयपत्र वितरणको प्रारम्भ गरेको छ । प्रतिष्ठानका उपकूलपति कर्माचार्यले परिचयपत्र लिएर वितरण शुभारम्भको घोषणा गर्नुभयो । प्रतिष्ठानका पदाधिकारी तथा परिषद् सदस्यलाई वितरण गरिएको यो परिचयपत्र ललितकलामा आवद्ध देशभरका कलाकारलाई प्रदान गरिनेछ । यस्तो परिचयपत्र लिन सम्बन्धित कलाकारले निवेदन दिनुपर्नेछ । विभिन्न चार ‘क्याटोगोरी’ मा प्रतिष्ठित, विशिष्ठ, वरिष्ठ र कलाकार परिचयपत्र उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।