बा’लिकाको ह’त्यामा संलग्न पक्राउ
मोरङ, फाल्गुन १५ ।मोरङको लेटाङ नगरपालिका-८ कि १२ बर्षीया बा’लिकालाई ज’वर्जस्ति क’रणी गरी ह’त्या गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ-८ का ६४ बर्षीय दिपक गरी रहेका छन । पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय मोरङले आज एक कार्यक्रमको आयोजना गरी सार्वजानिक गरेको हो ।
२०७८ फाल्गुन ११ गते बेलुकी अवेरसम्म पनि घर फर्कि नआई पुगेकोले घर परिवारका सदस्यले सोही दिन इलाका प्रहरी कार्यालय लेटाङमा जानकारी गराए पश्चात १३ गते बिहान खोज तलासमा खटिएको प्रहरी टोलीले निज बा लिकाको घर देखि ३ किलो मिटर दक्षिण लेटाङ-८ लाल हिरा सामुदायिक बनमा बा लिकाको शव ढुङ्गाले छो पी मृ त अबस्थामा फेला परेको थियो भने गिरीको घर पछाडि रहेको खोल्सीमा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू, फरकको खिपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा र नजिकै लाईटर समेत फेला पारेको थियो ।
फाल्गुन ११ गते बेलुकी साढे ४ बजे श्री जाँते उच्च माध्यमिक बिध्यालयबाट छुट्टी भई लेटाङ-८ स्थित जंगलको बाटोमा घर फर्कदै गरेको अवस्थामा गिरीले बालिकालाई एक्लै देखि पछ्याउदै गई बिच जंगलमा पुगेपछि फकाई फुल्याई जंगल भित्रको छोटो बाटो जाँदा छिटो पुगिन्छ भनि केही पर लगि जवरजस्ती क रणी गरी घाँ टी थि चि ह त्या गरी नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको अनुसन्धानबाट खुल्न आएको हो ।
घटनामा संलग्न गरेका पक्राउ प्रतिवादी गिरीको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


