“घर-घरमा नेपाल प्रहरी” २०७८ कार्यक्रमको शुभारम्भ

संखुवासभा, फाल्गुन १६ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घर घरमा नेपाल प्रहरी कार्यक्रम २०७८ को शुभारम्भ गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालय संखुवासभा परिसरमा भएको एक कार्यक्रमका बिच बस्ति, टोल र घर घरमा प्रहरीको पहुँच अभिबृद्धि गरि नागरिकका समस्याको बारेमा बुझ्न, प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा आम जनतालाई समस्या परेको बखत र कुनै पनि अपराधिक घटनाको तुरुन्त प्रहरी कार्यालयलाई जनाकारी गराउन आवश्यक रहेको कुरा महसुस गराउन घर घरमा नेपाल प्रहरी अभियानको शुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्ला समन्वय समिति खाँदबारीका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा खाँदबारी नगरपालिका प्रमुख मुरारी खतिवडा, १ नं. प्रदेश आन्तरिक मामिला तथा कानुन सचिव काली प्रसाद पराजुली, संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि. अरुण कुमार बिसी र १ नं. प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष चारू कोईराला बि.सी. लगायत बिभिन्न राजनितीक दलका प्रतिनिधी, पत्रकार र स्थानियहरुको सहभागी रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖