शिक्षक माग्दै गाउँपालिका कार्यालयमा अभिभावकको डेलिगेसन

खोटाङ, २१ फागुन । रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित पञ्चकन्या आधारभुत विद्यालयका अभिभावक शिक्षक दरबन्दी माग गर्दै गाउँपालिका कार्यालयमा डेलिगेसन गएका छन् ।

हाल एक जना स्थायी र तीन जना निजी स्रोतका शिक्षकको भरमा सञ्चालन हुँदै आएको विद्यालयका लागि आवश्यक थप दरबन्दीको माग गर्दै अभिभावक गाउँपालिका केन्द्रमा डेलिगेसन गएका हुन् ।

स्थानीय तह कार्यान्वयनमा आउनुअघि तत्कालिन जिल्ला शिक्षा कार्यालयले पाँच दरबन्दी कटौति गरेको विद्यालयमा हाल नियमित ५० देखि ६० जना विद्यार्थी आइरहेकाले पुःन दरबन्दी माग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले बताए । ‘पहिला तत्कालिन जिल्ला शिक्षा कार्यालयले दरबन्दी कटौति ग¥यो, अहिले दरबन्दी दिने अग्राधिकार स्थानीय सरकारको हातमा छ, त्यसकारण स्थानीय सरकार समक्ष दरबन्दी माग गर्न गएका हौँ,’ अध्यक्ष गुरुङले भने, ‘गाउँपालिका अध्यक्षले महिना दिनभित्र दुई वा एक वटा दरबन्दी उपलव्ध गराउने आश्वासन दिनु भएको छ ।’

भला गुरुङको संयोजकत्वमा ५५ जनाको हस्ताक्षरसहित अभिभावक गाउँपालिकामा दरबन्दी माग गर्दै डेलिगेसन पुगेका हुन् । नजिकै अन्य विद्यालय नभएको, लेक क्षेत्र भएकाले मापदण्डअनुसार विद्यार्थी संख्या पु¥याउने अवस्था नभएको तर दरबन्दी कटौति हुँदा सा–साना बालबालिका शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था भएको छ । सोही कारण विद्यालयलाई आरक्षण विद्यालय घोषणा गर्नुपर्ने अभिभावकको माग छ । विद्यालयमा कार्यरत निजी शिक्षक अवसर खोज्दै अन्यत्र जाने भएकाले पटक–पटक नयाँ शिक्षक खोजिरहनु पर्ने र पढाइको स्तर खस्किने भएकाले शैक्षिक स्थितरताका लागि दरबन्दी माग गरिएको अभिभावकको भनाइ छ ।

२०२१ सालमा स्थापना भएको विद्यालय २०७२ सालको भूकम्पले विद्यालय चिराचिरा परेको छ । हाल विद्यालयको भवन टालटुल गरेर प्रयोगमा ल्याएको छ । पुनः भूकम्प आए जनधनको क्षति हुने जोखिम रहेको अभिभावकहरू बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।