प्रदेश १ को नाम सगरमाथा राख्न विद्यार्थी परिषद्को सुझाव

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आज आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्रि राजेन्द्र कुमार राईलाई सुझावपत्र बुझाएको हो ।

‘हरेक नामले महत्वपुर्ण भुमिका खेलेको हुन्छ’, सुझाव पत्रमा भनिएको छ, ‘नेपाल बहुभाषा, बहुसंस्कृति, बहुरीतिरिवाज, परम्परा, खानपान, विभिन्न भुगोलका साथसाथै आ–आफ्नै चाडपर्व र शैलीका कारण एउटा जात, भाषा, संस्कृति विशेषको नाम राख्दा प्रतिकुल महशुस गर्न सक्छ । त्यसैले सबैले गर्व गर्न सक्ने र अपनत्व महशुस गर्न सकिने खालको नाम राख्दा उचित हुन्छ ।’

नेपालको नाम विश्वमा चिनाउन सफल सबैले गौरव गर्ने, सबै समुदायको भावना समेटिने विश्वको सर्बोच्च शिखर सगरमाथा यहि प्रदेशमा पर्ने भएकाले यो भन्दा उत्तम बिकल्प कुनै पनि नहुने भएकाले प्रदेश १ को नाम ‘सगरमाथा’ राख्न परिषद्ले अनुरोध गरेको छ । यहि नामले यस प्रदेशका सम्पुर्ण जनताहरूलाई आत्मगौरवका साथ भावनात्मक एकताको सुत्रमा बाध्ँने परिषद्को विश्वास छ ।

प्रदेश अध्यक्ष चिन्तामणि बस्नेत, प्रदेश सचिव विवस कटुवाल, केन्द्रीय सदस्य जीवन निरौला, प्रदेश प्रदेश संगठन सचिव बिष्णु प्रसाद पंगेनी लगायतको उपस्थितिमा सुझावपत्र हस्तान्तरण गरिएको छ ।

परिषद्ले प्रथम प्रदेश अधिवेशनबाट एक नम्बर प्रदेशको नाम सगरमाथा राखेको थियोे । सोही अनुसार विद्यार्थी परिषद्ले सांगठनिक रूपमा सगरमाथा प्रदेशको नामबाट आफ्नो कार्य गर्दै आइरहेको प्रदेश सचिव कटवालले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖