१३ औं टुबोर्ग महाशिवरात्री कप फुटबल प्रतियोगिताको उपाधि भगवती कलेक्शन फुटबल क्लव धरानलाई
धनकुटा । १३ औं टुबोर्ग महाशिवरात्री कप फुटबल प्रतियोगिता २०७८ को उपाधि भगवती कलेक्शन फुटबल क्लव धरान सुनसरीले जितेको छ । तम्मर फुटबल क्लवको आयोजनामा सागुरीगढी गाउँपालिका १ चनौटेमा सञ्चालित प्रतियोगिताको फाईनलमा सागुरीगढी स्पोर्टिङ क्लब सँग भिडेको उस्ले १ को विरुद्ध ३ गोल लगाउदै उपाधि जित्न सफल भएको हो ।
जित सँगै भगवती कलेक्शनले नगद ८५ हजार सहित कप मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । दोश्रो भएको सागुरीगढी स्पोर्टिङ फुटबल क्लबले नगद ४५ हजार सहित कप,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगिताभर ४ गोल लगाउदै भगवती कलेक्शनका समिर तामाङ सर्वाधिक गोलकर्ता घोषित भए भने सागुरीगढी स्पोर्टिङका समिर लिम्बु घोषित भए । फाईनल खेलको म्यान अफ दि म्याच विवेक राई घोषित भए । त्यस्तै वेष्ट डिफेण्डर भगवतीकै निश्चल श्रेष्ठ र वेष्ट गोल किपर मिलन घिमिरे घोषित भए ।
जम्मा २४ टिमले सहभागिता जनाएको प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्गले ५० हजार आर्थिक गरेको थियो भने सहप्रायोजक हाल बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहनुभएका महेष राईले १५ हजार ५५ रुपयाँ सहयोग गर्नुभएको आयोजकले जनाएको छ । सागुरीगढी गाउँपालिका १ निवासी महेष यस्ता प्रतियोगिताहरु मनपराउने व्यक्ति हुनुहुन्छ । प्रतियोगिता महाशिवरात्रीको अवसरमा फागुन १७ देखी २२ गते साँझसम्म सञ्चालन भएको थियो ।


