यसरी ड्रागन खेतीमा देखिन थाल्यो रोग
धनकुटा,२७ फागुन । पछिल्लो समय धनकुटामा ड्रागन खेती प्रति किसानको आकर्षण बढ्दै गएको छ तर ब्यबसायिक रुप नलिदै ड्रागन फलका बगैंचामा रोगले क्षति पुु¥याउन थालेको छ ।
सुरुमा पहेँलो थेग्ला देखिने र केही दिनमै हाँगा र बोट कुुहिने समस्याले धनकुुटाका ड्रागन बगैंचा नष्टहुने जोखिम बढेको हो । ढुसी र किटाणुुजन्य रोगको संक्रमण फैलिएको आशंका गरिए पनि ड्रागन नेपालका लागि नयाँ बाली भएकाले यसमा लाग्ने रोग र उपचारका बारे ठ्याकै भन्न नसकिने कृषि प्राविधिक सूर्यसापकोटाले बताउनु भयो ।
महंगो विरुवा र नयाँ खेती भए पनि यस तर्फ किसानको आकर्षण रहेको छ । त्यसैले वेलैमा सरोकारवाला निकायले यसको यपचार विधी पता लगाई आउन सक्ने जोखिम कम गर्नु पर्ने देखिन्छ ।
कम प्रतिफल दिने परम्परागत खेति प्रणालीमा परिमार्जन गरी ड्रागन खेती गरेका किसान लाई रोगले चुनौती थपिएको छ । धनकुटाका सुख्खा क्षेत्रका किसानहरुले यस खेतिको विस्तार गरिरहेका छन् ।


