सिलाइ व्यवसायका लागि आवश्यक पर्ने सामानमा राज्यले विषेश छुट दिनुपर्छ : मन्त्री आले

काठमाडौँ, ८ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको बताउनुभएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको र उक्त व्यवसायलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पेशा सबैको सम्मानित नै हुन्छ तर सिलाइ व्यवसाय भनेको झनै सम्मानित पेशा हो, सिलाइ व्यवसायीलाई सबैले सम्मान गर्नुपर्छ ।” मन्त्री आलेले नेपाल कपडा तथा सिलाइ व्यवसायीका समस्या समाधानका लागि आफूले पहल गर्नेसमेत जानकारी गराउनुभयो । सिलाइ व्यवसायीलाई आवश्यक पर्ने सामान खरिद गर्नमा राज्यले विषेश छुट दिनुपर्नेसमेत बताउनुभयो ।

कोभिडका कारण सिलाइ व्यवसाय धरासायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामग्री खरिदमा भन्सार छुटका लागि प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग आफूले कुरा गर्नेसमेत मन्त्री आलेले आश्वासन दिनुभयो । सिलाइ व्यवसाय सबैलाई उपयुक्त हुने व्यवसाय भएकाले आफू उक्त व्यवसायको सधैँ सम्मान गर्दै आएको बताउनुभयो ।

उहाँले विगतका सरकारका पालामा नारायणहिटी राजदरबार सङ्ग्रहालय कौडीको भाउमा दिएकाले आफूले कौडीको भाउमा दिएको सङ्ग्राहलय फिर्ता ल्याउँदा अहिले धेरैको टाउको दुःखाइ भएकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणहिटी राजदरबार सङ्ग्रहालय कौडीको भाउमा दिन हामीले गणतन्त्र ल्याएका हौँ र ? राज्यको सम्पत्ति दोहन गर्न कसैलाई पनि दिन्न ।” मन्त्री आलेले भन्नुभयो, “म नेपाली जनताको शीर ननिहुरिने गरी काम गर्छु, आफू पनि गलत गर्दिनँ र गर्न पनि दिन्नँ ।”

उहाँले वैदेशिक राजगारीमा जाने नागरिकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्रामस्थल, तातोपानी, चिसोपानी, निःशुल्क वाइफाइको व्यवस्था मिलाइएको र विमानस्थलमा कोभिड परीक्षण गरेको शुल्क रु दुई हजारबाट घटाएर एक एक हजार १०० बनाएको बताउनुभयो । विमानस्थलमा रहेका ट्याक्सी व्यवसायीले मिटरमा जान नमान्ने, मनोमानी रकम लिने गरेका कारण आफूले यात्रुलाई सहज होस् भनेर विमानस्थलबाट गोल्डेनगेटसम्म निःशुल्क सटल बस सञ्चालन गरेको जानकारी गराउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖