सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैन, कलमको विजयी शुरूआत भइसक्यो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् । अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको शुरूआत भइसकेको उल्लेख गर्दै सूर्य चिह्न नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गरेका हुन् । एकीकृत समाजवादीनिकट मजदुरहरूको संगठन एकीकृत ट्रेड युनियन महासंघ नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कलम चिह्न लिएर दोस्रो चरणको राष्ट्रियसभा निर्वाचनमा पनि जीत हासिल गरेको स्मरण गराए ।

कसैकसैले पार्टी भित्रैबाट सूर्य चिह्न नहुँदा अप्ठ्यारो पर्छ कि भनेर भन्ने गरेको उल्लेख गर्दै उनले अप्ठ्यारो होइन कलम चिह्न लिएर जीतको शुरूआत भइसकेको बताए । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जीत हासिल गर्न आफूहरूले वाम–लोकतान्त्रिक शक्तिसँग मिलेर जाने विषयमा छलफल भइरहेको बताए ।‘हामीले विजयको शुरूआत पनि गर्‍र्यौं । राष्ट्रिय सभाको चुनावमा पहिलोपटक हामीले हाम्रो उम्मेदवारलाई जितायौं र जितायौं पनि कसरी भने ठ्याक्क त्यो उम्मेदवारले स्वतन्त्र उम्मेदवारको हैसियतले कलम चिह्न लिनुभएको थियो र कलम चिह्नको जीतको शुरूवात गरेर अगाडि बढेका छौं । त्यसो हुनाले कसैकसैलाई लाग्ला – सूर्य चिह्न नभएको हुनाले अप्ठ्यारो पर्छ कि भनेर । अप्ठ्यारो होइन हाम्रो जीतको शुरूआत भइसकेको छ,’ नेपालले भने ।

उनले अगाडि थपे, ‘कलम चिह्नले जित्न थालिसकेको छ र दोस्रोचोटि त झन् एकीकृत समाजवादीको नाममा हामीले कलम चिह्न बोकेर १९ वटा राष्ट्रियसभा सदस्य चुनावमा पनि उपस्थिति जनायौं र हाम्रा सबै उम्मेदवारलाई जितायौं । एउटाबाहेक सबैलाई जिताएर देखाएका छौं । अब फेरि हामी चुनावमा उत्रिनुपर्नेछ । वैशाख ३० गतेको चुनावको तयारीमा, स्थानीय तह निर्वाचनको तयारीमा हामीले जुट्नुपर्नेछ । यो जुट्ने सन्दर्भमा वामपन्थी शक्तिबीच मिलेर जाने, लोकतान्त्रिक शक्तिहरूसँग पनि मिलेर जाने विषयमा छलफल भइरहेको छ ।’

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञा समेत दिएका छन् । त्यसले सरकारमा हुँदा पनि गफबाहेक अरू केही पनि काम नगरेको उनले बताए । उनले आगामी दिनमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न र नेताहरूलाई गाउँ केन्द्रित हुन निर्देशन समेत दिएका छन् । राजधानीमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।