‘राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो’

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् ।राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिलो १५ वर्षको राजानीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको बताए ।राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेकाले राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भएको अध्यक्ष थापाले प्रष्ट पारे ।

उनले राजसंस्था पुनःस्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्वराजा र उनको सचिवालयले गरेको चलखलेका कारण आफू नयाँ बाटोतर्फ लागेको प्रष्ट पारे । अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट धेरै अपेच्छा नराखे पनि देशकै सम्पूर्ण स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवार चुनाव लड्ने जानकारी दिए ।

यो पनि पढ्नुहोस..कञ्चनपुर, सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा शनिबार सडक अवरुद्ध गरेका छन् । निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुन थालेपछि व्यवसायीले सडक अवरुद्ध गरेका हुन् ।“धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा यात्रुलाई समेत कठिनाइ हुन थालेको छ”, अटोचालक धीरज कार्कीले भन्नुभयो, “सवारी दुर्घटनाका घटनासमेत बढ्ने सम्भावना भएपछि सडक अवरुद्ध गरेका छौँ । शनिबार एक घण्टामात्रै सडक अवरुद्ध गरिएको छ । आजदेखि चार घण्टाका दरले सडक अवरुद्ध गर्छौँ ।”

कलुवापुर बजार क्षेत्रमा पसल सञ्चालन गर्दै आएका व्यवसायी हरिसिंह सेटीले पसलमा राखेको सामान धुलोका कारण बिग्रन थालेको र पसलमा बस्नै नसकिने अवस्था आएपछि सडक अवरुद्ध गरिएको उहाँले बताउनुभयो । वडा कार्यालयमा पटक–पटक धुलो नियन्त्रणका लागि गुहार्दासमेत सुनुवाइ हुन नसकेपछि बाध्य भएर सडक अवरुद्ध गरिएको स्थानीय व्यापारी कर्ण महराले बताउनुभयो ।स्थानीय व्यवसायीले धुलो नियन्त्रणका लागि सडकमा पानी छर्कने व्यवस्था मिलाउन माग गरेका गरेका छन् । हावाहुरी चल्ने मौसम सुरु भएसँगै निर्माणाधीन सडकमा गुड्ने सवारीसाधनका कारण सबैभन्दा बढी सडकछेउमा व्यापार गर्ने व्यवसायी प्रभावित भएका छन् । धुलोका कारण अधिकांशमा स्वासप्रश्वाससम्बन्धी समस्यासमेत देखिन थालेको व्यवसायीहरूको भनाइ छ । सडक निर्माणको जिम्मा थेगिम कन्ट्रक्शनले पाएको छ ।

“सडक निर्माणको सम्झौतामै कम्पनीले पानी छर्कने व्यवस्था राखिएको हुन्छ”, स्थानीय व्यवसायी भन्छन्, “निर्माण कम्पनीले बेवास्ता गर्दै आएको छ ।” वडाध्यक्ष दिलबहादुर बुढाले निर्माण कम्पनीलाई पानी छर्कनका लागि आग्रह गर्दा केही दिन पानी छर्कियो, त्यसपछि पानी नछर्कँदा सडकमा धुलो उड्न थालेपछि समस्या भएको जानकारी दिनुभयो ।
निर्माण कम्पनीका कर्मचारी नारायण कँडेलले पानी छर्कनका लागि ट्याङ्की पठाइएको बताउनुभयो । “बजेट अभावले सडक निर्माणको कार्य रोकिएको छ । सानो ट्याङ्कीले पानी हाल्दा पूरै सडक भिजेन होला”, उहाँले भन्नुभयो, “काम अवरुद्ध भएपछि पानी छर्कने कार्य नियमित भइरहेको छ । अझै पानी छर्कनका लागि तत्कालै पानीको व्यवस्था गर्छौँ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।