अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि

विराटनगर, १६ चैत । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ ।महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् । योजनागत कदमकै कारण शैक्षिक क्षेत्रमा गरिएका प्रयास सार्थक बनेका महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताउनुभयो ।

आदर्श र पोखरिया माविले अङ्ग्रेजी माध्यमबाट प्राविधिक शिक्षामा जोड दिएका छन् । दुवैमा बर्सेनि निजी विद्यालय छाडेर भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या अत्यधिक छ । “महानगरले संरचना निर्माणका साथै गुरुकुल र मदरसामार्फत हुने पठनपाठनमा सुधार गरेको छ”, उहाँले भन्नुभयो । शैक्षिक लक्ष्य हासिल गर्न अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिँदा बीचैमा सामुुदायिक विद्यालय छाडेर जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ ।विराटनगरको आदर्श विद्यालय यस क्षेत्रकै उदाहरणीय बनेको पूर्वप्राचार्य विष्णुप्रसाद लामिछाने बताउनुहुन्छ । आदर्शमा तल्लो कक्षामा मन्टेश्वरी तथा माथिल्लोमा कम्प्युटर प्राविधिकतर्फको अध्यापनमा जोड दिइएको छ । आदर्शमा हाल झण्डै दुई हजार विद्यार्थी अध्ययनरत् छन् । पोखरियामा पनि विद्यार्थीको आकर्षण बढ्दो छ ।

विराटनगरको महेन्द्र माविले कम्प्युटर शिक्षामा जोड दिएको छ । अडियो भिजुअल कक्षामा जोड दिएपछि निजी विद्यालयकै हाराहारीमा गुणस्तरीय र सुविधा सम्पन्न पूर्वाधारको उपभोग गरी पठनपाठन गरिँदै आएको प्राचार्य चन्द्रप्रसाद साहले बताउनुभयो । “कोरोनाले दुई वर्ष कठिनाइ भयो, पछिल्लो समय विपन्न परिवारका विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड्न चालिएको कदम सही सावित भएको छ”, उहाँले भन्नुभयो । दिनेश मण्डल सरकारी विद्यालयमा कम्युटरसम्बन्धी शिक्षा लिन पाएकामा खुसी हुनुहुन्छ । “पहिलादेखि आइटीसम्बन्धी पढ्न मन थियो । निजीमा महँगो शुल्कले भर्ना हुन सकिन”, उहाँले भन्नुभयो ।

जनता मावि परिसरमा बहुप्राविधिक शिक्षालय सुरु गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनुभयो । प्राविधिक शिक्षामा विपन्नको पहुँच पुगेको उहाँ बताउनुहुन्छ । “पाँच वर्षमा शिक्षा क्षेत्रको भौतिक पूर्वाधारमा सुधार ग¥यौँ, शिक्षाको गुणस्तर सुधार्नसमेत पहल भयो, अब परिणाम देखिन थालेको छ”, उहाँले भन्नुभयो । विद्यालयले समावेशी शिक्षामा जोड दिँदै प्रारम्भिक बाल विकासका लागि मन्टेश्वरी विधिबाट पठनपाठन गरिरहेको छ । खेल सामग्रीसहित बाल कक्षा सञ्चालन गरी खाजा कार्यक्रम सुरु गरिएको छ । यसले विद्यार्थीको आकर्षण बढेको पराजुली बताउनुहुन्छ ।

महानगर प्रमुख पराजुलीले आफ्नो पारिश्रमिक हस्तान्तरण गरी दुई आधारभूत विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गर्नुभएको छ । नगरका अन्य आधारभूत विद्यालयको उहाँले नियमित अनुगमन गर्दै आउनुभएको छ । पोखरीया माविमा नयाँ भवन निर्माण हुँदैछ । अन्य विद्यालयमा महानगरले यातायातको साधन व्यवस्थापनमा सहयोग गर्दैआएको छ । सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय हाटखोलाका प्रधानाध्यापक चक्रप्रसाद पोखरेल महानगरको प्रयास सकारात्मक रहेको बताउनुहुन्छ । “शिक्षक र कर्मचारीको दरबन्दी मिलान तथा माग पूर्ति गर्न आवश्यक छ, खेल सामग्रीसमेत उपलब्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।