सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ –प्रम देउवा

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको हो । नेपाली कांगे्रसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस नागरिकको विचार अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले नेपाली कांग्रेसले स्थापना कालदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको बताउँदै अहिले पनि आफ्नो पार्टी यही पक्षमा दृढ रहेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री देउवाले पूर्ण प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई चलाएमान बताउने बताउँदै अब हुने स्थानीय, प्रदेश र सङ्घको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सहयोग गर्न आमसञ्चार माध्यमसँग अनुरोध पनि गर्नुभयो ।उहाँले भन्नुभयो, “मुलुकको विकासको लागि सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ, मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्न मिडियाको भूमिका महत्वपूर्ण छ, अब निर्वाचन सम्पन्न गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानका लागि पनि मिडियाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने छ ।”

प्रधानमन्त्री देउवाले गठनबन्धनलाई निरन्तरता दिने पार्टीको निर्णय सुनाउँदै यही गठबन्धनलाई अझै बढी बलियो र एकताबद्ध बनाएर लैजाने बताउनुभयो । उहाँले पछिल्लो समयमा सूचना प्रविधिको विकासले सञ्चार क्षेत्रमा ठूलो फड्को मारेको बताउँदै सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचारले सबै सञ्चार माध्यमको विश्वसनीयता सङ्कटमा पर्दै जाने बताउँदै सत्यतथ्यमा आधारित भएर पत्रकारिता गनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मिडिया स्वाभावैले आवाज विहीनको आवाज भएका कारण पनि मिडियालई राज्यको चौँथो अङ्ग भनिएको उल्लेख गर्दै अन्य विकसित देशमा जस्तै नेपालमा पनि मिडियाले विभिन्न नीति परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖