धनकुटामा २५ देखि ४ दिन सम्म टाईफाईड बिरुद्दको खोप
नारायण कुमार राई/धनकुटा,२१ चैत्र । धनकुटामा २५ देखि २९ गते सम्म बालबालिकाहरुलाई टाईफाईड बिरुद्धको खोप लगाउने कार्यक्रम सन्चालन हुनेभएको छ ।
शोमबार जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले एक कार्यक्रम गरेर जिल्लाका ७ स्थानिय निकायका ४३ हजार १ सय ३५ जना बालबालिकाहरुलाई खोप लगाउने तयारी पुरा भएको जानकारी दिएको छ ।
कार्यालयका निमित्त प्रमुख प्रमोद दाहालले जिल्लामा रहेका ४ सय ४ वटा खोप केन्द्रबाट १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
उक्त खोप पूर्ण रुपमा सुरक्षित भएको तर कोभिडका भ्याक्सिन लगाएर १४ दिन नभएको,एलर्जी भएका,ज्वरो आएका,गर्भवती र एचआईभी भएकाहरुले लगाउन नमिल्ने जानकारी दिनुभयो ।


