नेकपा एमाले धनकुटाका जिल्ला कमिटी सदस्य बिश्वकर्माको निधन
धनकुटा,२१ चैत । नेकपा एमाले धनकुटाका जिल्ला कमिटी सदस्य एबम नेपाल उत्पीडित जातिय मुक्ति समाजका नव निर्वाचित केन्द्रिय सदस्य भोजबहादुर बिश्वकर्माको ४० बर्षको उमेरमा आज विहान निधन भएको छ ।
आज विहान उपचारका क्रममा विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको नेकपा एमाले धनकुटाले जनाएको छ ।
विश्कर्मा राजनिती संगै समाजिक क्षेत्रमा समेत कृयाशिल रहदै आउनुभएको थियो ।
धनकुटामा टाइफाइड बिरुद्दको खोप
धनकुटा,२१ चैत्र । धनकुटामा २५ देखि २९ गते सम्म बालबालिकाहरुलाई टाईफाईड बिरुद्धको खोप लगाउने कार्यक्रम सन्चालन हुनेभएको छ ।
शोमबार जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले एक कार्यक्रम गरेर जिल्लाका ७ स्थानिय निकायका ४३ हजार १ सय ३५ जना बालबालिकाहरुलाई खोप लगाउने तयारी पुरा भएको जानकारी दिएको छ ।
कार्यालयका निमित्त प्रमुख प्रमोद दाहालले जिल्लामा रहेका ४ सय ४ वटा खोप केन्द्रबाट १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
उक्त खोप पूर्ण रुपमा सुरक्षित भएको तर कोभिडका भ्याक्सिन लगाएर १४ दिन नभएको,एलर्जी भएका,ज्वरो आएका,गर्भवती र एचआईभी भएकाहरुले लगाउन नमिल्ने जानकारी दिनुभयो ।


