बालबालिकाहरुलाई टाईफाईड विरुद्धको खोप लगाउने अभियान आजबाट शुरु

शर्मिला राई/चैत २५,धनकुटा । आजबाट १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई टाईफाईड विरुद्वको खोप लगाउने राष्ट्रिय अभियान शूरु हुँदैछ ।

यो अभियनको क्रममा आफ्ना बालालिकाहरुलाई नजिकको खोप केन्द्रमा लगेर टाईफाईड विरुद्वको खोप लगाउन स्वास्थ्य कार्यलय धनकुटाले जिल्लावासी सम्पूर्णलाई आह्वान गरेको छ ।

स्वास्थ्य कार्यलयका अनुसार यो खोप आजदेखी चैत २९ गतेसम्म जिल्लाका सम्पूर्ण विद्यालय मार्फत ४३ हजार १ सय ३५ बालबालिकाहरुलाई लगाईने लक्ष छ । जसका लागि ८ सय ८ जना स्वयम् सेवक खटिएका छन् ।

विकसित मुलुकका १ लाख जनसंख्या मध्ये १ सय जनामा टाईफाईडको संक्रमित भेटिए विश्व स्वास्थ्य संगठन (WHO) ले महामारीको महामारीको रुपमा घोषणा गरेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

नेपालमा हाल ३ सय बढी जनसंख्यामा यो रोगको संक्रमण देखिएको कार्यलयको तथ्याङ्क छ । यो खोप १५ महिना वा सो भन्दा माथि उमेर समूहका सबैले लिन मिल्ने तर यो अभियानमा १५ महिनादेखी १५ वर्ष मुनिका बालबालिकाहरुलाई मात्र लगाईने कार्यलयले जनाएको छ ।

एलर्जीको समस्या भएका,एड्स् संक्रमित,गर्भवती महिला र स्तनपान गराईरहेका महिलाहरुले लगाउन नहुने जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖