छथर गाउँपालिकाद्वारा एकल पुरुषलाई मासिक एक हजार भत्ता

प्रकाश पाक्साँवा/तेह्रथुम । आर्थिक रूपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन पुरुषको हकमा ७० वर्ष पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान‍्को मृत्युपछि राज्यले सामाजिक सुरक्षा भत्ता दिने गर्छ ।

हरेक नागरिकलाई गाँस, बास, कपासका हिसाबले सुरक्षित रहनुपर्छ । सोही अनुसार सराकारले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अपाङ्ग तथा एकल महिलाहरूले सेवा लिँदै आएका छन् ।

विपन्न तथा सहारा विहीन एकल पुरुषलाई भने अझ राज्यले सामाजिक सुरक्षा भत्ताको लागि केही कार्यक्रम ल्याउन सकेको छैन । तर, तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले भने एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरु गरेको हो । थोरै भए पनि भत्ता पाउँदा राज्यले एकल पुरुषलाई राज्यले सम्बोधन गरेको छथर गाउँपालिका-१ का मनीकुमार लिम्बुले बताए । उनी भन्छन्, ‘हामी एकल हुँदा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेका थिएनौं । स्थानीय सरकार आएपछि हामी जस्ता एकल पुरुषलाई वार्षिक रूपमा भए पनि भत्ता दिन सुरु गरेकोमा खुसी छौ ।’

गाउँपालिकाले ६० देखि ७० वर्ष उमेरका ज्येष्ठ एकल पुरुषहरूको तथ्याङ्क संकलन गरी भत्ता दिँदै आएको हो । गाउँपालिकाले एकै साथ एक कार्यक्रमका बीच ६२ जना एकल पुरुषलाई सम्मानपत्र सहित १२ हजारको दरले नगद र सम्मानपत्र प्रदान गरिएको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख रोशन कार्कीले बताए ।

विभिन्न कारणले श्रीमतीको मृ त्यु भएको र आर्थिक अवस्थालाई मध्यनजर गरी भत्ता वितरण गरेका एकल पुरुषलाई भत्ता वितरण गरिएको हो । लोकप्रियताको लागी नभई राज्य भएको प्रत्युत्तर दिने उद्देश्यले यो कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । ‘ज्येष्ठ नागरिकहरूको सारथिको रूपमा स्थानीय सरकार भएको अनुभूति दिलाउन यो कार्यक्रम ल्याइएको हो,’ अध्यक्ष तिगेलाले भने ।

केन्द्र सरकारले ६० वर्षमाथिका दलित तथा एकल महिलाको हकमा र ज्येष्ठ नागरिकहरूको हकमा ७० वर्ष पुरा भएपछि मात्रै सामाजिक सुरक्षा भक्त दिँदै आएको बेला छथर गाउँपालिकाले नेपाल इतिहासमा पहिलो पटक एकल पुरुष भत्ता कार्यक्रम ल्याएको १ नम्बर प्रदेश सांसद लछुमन तिवारीले बताए ।

ज्येष्ठ एकल पुरुषलाई स्थानीय सरकारले औषधि उपचार तथा स्वास्थ्य परीक्षणका लागि स्थानीय सरकारले सम्मानसहित नगद प्रदान गरेको सांसद तिवारीले धन्यावाद व्यक्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।