घोषणापत्र :(कविता)

कविता

घोषणापत्र

-ध्रुव एलेक्स

कापीको एउटा पत्तोमा
साना – साना कुराहरु लेखौं
जुन कुरा सबैलाई
ठुला – ठुला लागुन् ।

लेखौं न ; अब उप्रान्त
छिमेकी मुलुकबाट कुनै सामान ल्याइने छैन
तपाइलाई आवश्यक वस्तु
आफैँ उत्पादन गर्नुस् या
अब सरकारले गर्छ ।

भनौं न भो अब विदेश नजानुस्
केही वर्ष यहिं दु:ख गर्नुस्
दु:ख पछि सुख आउँछ
सुख आएसँगै विदेशीहरु यहाँ आउछन्
काम गर्छन र फर्किन्छन ।

 

 

यहाँको पवित्र जलले
धेरै पुजा गर्यौ , धेरै पटक स्नान गर्यौ
खास उपलब्धि केही भएन
अब जललाई मल बनाऊ र फलाऊ उज्यालो
बरु सुन्दरता हराए हरावस् चाँदनीको ।

भनिदिनोस्
माटोमा मिल्न तयार हुनुहोस्
तपाई माटोमा मिल्न तयार हुनुभयो भने
त्यो बाँचेर दिएको बलिदानी हुनेछ
त्यहाँ कार्ल मार्क्स ले भने झै बद्लिदो परिवेश निर्माण हुनेछ
र त्यो नयाँपनालाई भन्न सकियोस्
हेर्नुस हामीले ल्याएको कृषि क्रान्ति ।

घोषणापत्रमा उल्लेख भएको हुनुपर्छ
समाज कसरी बनाउने भन्ने कुराहरु
जो कार्यानयन कसरी गर्ने भन्ने चिन्ताले
ऊ रातभर सुत्न नसकोस्
त्यसपछि पो बन्न सुरु होला त मेरो देश ।

घोषणाहरुमा गर्न छुटाईएको र लेख्न मन नलागेको
एउटा कुरो गरौं र लेखौ
जस्ले राज्यको सम्पतती दुरुपयोग गर्छ
जस्ले गर्छु भनेर भनेको गर्दैन
उसलाई तारो हानिनेछ
छेलो हाने जसरी हान्न परे हानिनेछ
के यो लेख्नु पर्ने र गर्नु पर्ने विषय होइन र ?
हो भने विषय गम्भीर छ एकफेर विचार गरौ ।

हिमालका हिमालहरुलाई
पहाडका पहाडहरुलाई
तराईका मैदानहरुलाई
तपशीलमा जस्ताको त्यस्तै राख्दा पनि
घोषणापत्र त बलियो बन्ने रहेछ ।

कापीको एउटा पत्तोमा
साना – साना कुराहरु लेखौं
जुन कुरा सबैलाई
ठुला – ठुला लागुन् ।।

-पाख्रिबास,धनकुटा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।