एन्फा निर्वाचन : प्रदेश १ का ११ जिल्ला पंकजको पक्षमा

काठमाडौं, २३ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचनका लागि प्रदेश १ बाट मताधिकार प्राप्त गर्ने ११ जिल्लामध्ये १० जिल्ला फुटबल संघको टुङ्गो लागेको छ । शुक्रबार बसेको प्रदेश १ फुटबल संघको भेलाबाट केन्द्रीय निर्वाचनका लागि मताधिकार पाउने १० जिल्लाको टुङ्गो लागेको हो ।

भेलाले संयुक्त प्रेस नोट निकाल्दै प्रदेश १ बाट उम्मेदवारी दिने उम्मेदवारको पक्षमा सर्वसम्मत रुपले एकजुट भई सामूहिक रुपमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रेस नोटमा नाम नखुलाइए पनि एन्फा आगामी ६ असारको चुनावका लागि पूर्वबाट हालका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ अध्यक्ष पदमा लड्ने तयारीमा छन् । हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा उनका प्रतिद्वन्द्वी हुनेछन् ।

यसका लागि धरान टेक्निकल सेन्टरमा भएको चुनावबाट ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, खोटाङ, धनकुटा, मोरङ, उदयपुर, सुनसरी र झापाले मताधिकार प्राप्त गर्दा संखुवासभा भने मताधिकारबाट बाहिरियो ।

निर्वाचनका लागि ४८ मध्ये ४५ जिल्ला फुटबल संघ मताधिकार प्राप्त छन् । ए डिभिजन लिगबाट १४, बी बाट ११ र सी बाट ९ क्लबले मताधिकार पाउनेछन् ।

यस्तै राष्ट्रिय लिगमा छनोट भएका चार क्लब सहित एन्फाको महिला, खेलाडी, रेफ्री र प्रशिक्षक संघले मताधिकार पाउनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖