बक्सिङ टोलीको बिदाइ

काठमाडौं,२४ बैशाख । यहि २०२२ को मे ८ देखि १९ तारिखसम्म टर्किको इस्तानबुलमा ८३ देशका १९२ खेलाडीको सहभागितामा हुन गईरहेको आईबा विश्व महिला बक्सिङ्ग च्यािम्पयनशिपमा सहभागि हुनका लागि चार महिला सहित २ जना प्रशिक्षक र एक जना टिम व्यवस्थापक सहित जम्मा सात जनाको टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिशिङज्युले बिदाईगरेका छन् ।

उक्त बक्सिङ टोलिमा नेपाली महिला बक्सिङ्ग ४८ किलो तौल समुहमा नेपालकी उदियमान खेलाडी सुस्मा तामाङ्गले व्रिश्वका उत्कृष्ठ बक्सरहरुका बीच आप्mनो चुनौति प्रस्तुत गर्नेछिन् ।

तामाङ्गले यस अघि पनि आईव युथ वल्र्डच्यािम्पयनशिपमा आप्mनो उत्कृष्ठ प्रदर्शन गर्दै विश्व वरीयतामा आफुलाइ ६ नं. वरीयताक्रममा उभ्याउन सफल रहेकी छन् ।

त्यसै गरी ५२ किलो तौल समुहमा १३ औ सागमा नेपाललाई स्वर्ण पदक जिताउन सफल एवम् एशियन ग्राण्डस्लाम बक्सिङ्ख च्याम्पियनशिपमा समेत रजत पदक जित्न सफल रहेकि मिनु गुरुङ्खले प्रतिष्पर्धा गर्नेछिन भने महिला ५७ किलो तौल समुहमा गत वर्ष रुषमा सम्पन्न आर्मीको विश्वस्तरको खेलमा एउटा फाईट जित्न सफल रहेकि चन्द्रकला थापाले प्रतिष्पार्धा गर्नेछिन ।

त्यसै गरी ६० किलो तौल समुहमा भने अल ईन्डिया ओपन च्यािम्पयनशिपमा काश्य पदक जित्न सफल एवम् भर्खरै थाईल्याण्डको फुकेटमा सम्पन्न थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिंग प्रतियोगितामा समेत काश्य पदक प्राप्त गरेकी पुनम रावलले प्रतिष्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगितामा नेपालको तर्फबाट प्रमुख प्रशिक्षक प्रकाश थापामगर तथा आईबा थ्रि स्टार कोच एवम एशियन पदकधारी दीपक महर्जन रहेका छन भने टिम व्यवस्थापकमा नेपाल बक्सिग सघका केन्द्रिय सदस्य एवम् योगा थेरापिष्ट पुष्कर राज पन्त रहेका छन् ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले एक लाख, दोस्रो स्थान प्राप्त गर्नेले पचास हजार, तथा तेस्रो स्थान प्राप्त गर्नेले पच्चिस हजार अमेरिकन डलर प्राप्त गर्ने छन् ।

साथै यहि सन २०२२ को सेप्टेम्बरमा चीनमा हुने १९ औ एशियन गेम्सका लागि महत्वपुर्ण तैयारीको रुपमा पनि यो विश्व बक्सिंग च्यािम्पयनशिप महत्वपुर्ण खेल हुने व्रिश्वास नेपाल बक्सिग संघले लिएको छ ।

उक्त प्रतियोगिताको दौरानमा हुन गईरहेको आइवाको चुनावमा सहभागि हुनका लागि नेपाल बक्सिंग संघका अध्यक्ष श्री राम अवाले र केन्द्रीय सदस्य मान बहादुर भण्डारी पनि अर्को हप्ता ईस्तानबुल प्रस्थान गर्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।