हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित

काठमाडौँ, २७ वैशाख । नेपाल सरकारले परीक्षणको रुपमा आगामी जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । यही २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार हरेक शनिबार र आइतबार बिदा दिने र अन्य दिन बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म कार्यालय समय रहने उल्लेख गरेको छ । यद्यपि कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्रै रहने जनाइएको छ ।

प्रकाशित सूचनाअनुसार विसं २०७९ का लागि निर्धारण भएको दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमन विभाग, वारुणयन्त्र टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर, सेवा राहदानी सेवा हुलाक जिल्ला प्रशासन कार्यालय, बैंकिङ, सेवा, आन्तरिक राजस्व, भूमिसुधार, मालपोत, नापी, भन्सार, स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरेबमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने उल्लेख छ ।

मन्त्रालयले कार्यालयमा सार्वजनिक बिदा समयमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्न भनिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख १३ बो बैठकले हप्तामा दुई दिने बिदा दिने निर्णय गरेको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖