२ बजेसम्म ४१ प्रतिशत मतदान

काठमाडौँ, ३० वैशाख । स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा अपराह्न २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको उहाँको भनाइ थियो ।

एक सय दुई वर्षीया पनेरुबाट मतदान
कञ्चनपुर, ३० वैशाख (रासस) ःस्थानीय तहका लागि भइरहेको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गर्नुभएको छ । मतदान अधिकृत महेशराज भट्टका अनुसार वैजनाथ आधारभूत विद्यालय लक्ष्मीपुर ‘ख’ मतदान केन्द्रमा उहाँले पहिलो मत खसाल्नुभएको हो । ज्येष्ठ नागरिक यशोदाका छोरा जनकराज पनेरुले उहाँले रुचाएका उम्मेदवारलाई मतदान गर्न सघाउनुभयो । पञ्चायती व्यवस्थादेखि आफू हालसम्म निरन्तररुपमा मतदानमा सहभागी हुँदै आएको यशोदाले बताउनुभयो ।

“गाउँको विकासमा योगदान गर्नसक्ने उम्मेदवारलाई मतदान गरेँ”, उहाँले भन्नुभयो, “सबैजनाले योग्य उम्मेदवारलाई मतदान गरी पुण्य कमाउनुपर्छ । मतदान गर्नु पनि तीर्थ गएसरह नै हो । विजयी हुने उम्मेदवारले मतको कदर गरी नाम कमाउनुपर्छ ।” “आमाले मतदान गर्ने इच्छा व्यक्त गर्नुभयो, “यशोदाका छोरा जनकराज पनेरुले भन्नुभयो, “मोटरसाइकलमा बोकेर मतदान केन्द्रसम्म पु¥यायौँ र मतदानपश्चात् घर पु¥याएका छौँ ।”

अहिलेसम्म कञ्चनपुरमा ४० प्रतिशत मतदान

कञ्चनपुरमा अहिलेसम्म ४० प्रतिशत मतदान भएको छ । एक दुई ठाउँमा सामान्य विवादबाहेक जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताउनुभयो ।
“पानी पर्ने क्रममा मतपेटिका बाहिर र भित्र गर्दा भीमदत्त नगरपालिका–९ मटैनामा केही विवाद भएको थियो”, उहाँले भन्नुभयो, “पानी पर्ने क्रम रोकिएसँगै छलफल गरी विवाद साम्य गरेर मतदान पुनः सञ्चालन गरिएको छ ।”

पुनर्वास नगरपालिका–१० मा केही विवाद देखिएकाले मतदानको कार्य रोकिएको उहाँले बताउनुभयो । विवाद साम्य पार्न छलफल भइरहेकाले केहीबेरमै मतदान सञ्चालन गरिने मतदान अधिकृत धामीले बताउनुभयो । जिल्लाभर भइरहेको मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । पानीको पर्वाह नगरिकन पनि मतदाताले मतदानलाई निरन्तरता दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।