बढ्यो सुनको मूल्य

काठमाडौँ, ६ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ले बढेर रु एक हजार २७० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।

सम्सीमा जसपा र सोनमामा लोसपा विजयी
जलेश्वर, ६ जेठ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका जिल्लाको सम्सीमा जसपा नेपालका रामनाथ यादवले तीन हजार ८९३ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका उत्तिमप्रसाद यादवले दुई हजार ५८२ मत ल्याउनुभएको छ ।

त्यस्तै उपाध्यक्ष पदमा जसपा नेपालकै अनिता कुमारीले तीन हजार २९५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उर्मिला देवी साहले दुई हजार ६८२ मत ल्याउनुभएको छ । यसैक्रममा जिल्लाको सोनमा गाउँपालिकामा लोकतान्त्रिक पार्टी नेपालका विशेश्वर यादवले चार हजार १०८ मत ल्याएर अध्यक्ष पदमा विजयी प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोकुल यादवले तीन हजार २४३ मत ल्याउनुभएको छ । त्यस्तै उपाध्यक्ष पदमा लोसपा नेपालकै जहिदा खातुनले तीन हजार २९८ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रञ्जिता देवीले तीन हजार २४३ मत ल्याउनुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖