धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित
सुनसरी, ८ जेठ । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे ।
त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भए । उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।
नेपालगञ्ज उपमहानगरपालिकालाई अपाङ्गमैत्री बनाइने छ : नगरप्रमुख विष्ट
राँझा, ८ जेठ (रासस) :नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रशान्त विष्टले उपमहानगरपालिका कार्यालयलाई अपाङ्गमैत्री बनाइने बताउनुभएको छ ।
उपमहानगरपालिकामा निर्वाचित भए पश्चात आज पदभार ग्रहण गर्दै उहाँले अपाङ्ग र ज्येष्ठ नागरिकको सेवालाई सहज बनाउन उपमहानगरपालिकामा लिफ्ट जडान गर्ने, ज्येष्ठ नागरिकलाई सहज तरिकाले वडा कार्यालयबाटै बैंकिङ प्रतिनिधिमार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने, भेरी अस्पतालमा बिरामी तथा कुरुवाका लागि सहज तरिकाले खानाको व्यवस्थापन गरिरहेको अञ्जनी माता रसोईलाई प्रति महिना रु एक लाख प्रदान गर्नेलगायतका निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
गठबन्धनका तर्फबाट उपमहानगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दीन राई निर्वाचित हुनुभएको थियो । निवर्तमान नगरप्रमुख डा धवलसम्शेर राणाले विष्टलाई र निवर्तमान उपप्रमुख उमा थापामगरले राईलाई पद हस्तान्तरण गर्नुभएको थियो ।


