पोखरा महानगरमा एक लाख २२ हजार मतगणना गर्दा कसको मत कति ?

पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उमेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख २२ हजार २१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले ४५ हजार २६२ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ९७९ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५१ हजार ५८९ मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार कोपिला रानाभाटले ४८ हजार ४९२ मतसहित उनलाई पछ्याइरहेकी छन् । महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वडा रहेको पोखराका १८ वडामा नेपाली कांग्रेस विजयी भएको छ । सात वडामा एमाले विजयी भएको छ । महानगरको १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ नम्बर वडाको मतगणना जारी छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना ः कृषिमा १० करोड रुपैयाँ खर्च हुने
टीकापुर, ९ जेठ ।कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८÷०७९ मा करिब रु १० करोड खर्च गर्ने भएको छ । आयोजनामा रु २७ करोड बजेट भए पनि विभिन्न कारणले सो रकम मात्र खर्च हुने कार्यालयले जनाएको छ ।

“अहिलेसम्म रु तीन करोड खर्च भएको छ, बिल भुक्तानी दिन बाँकी अन्य कार्यक्रमका लागि रु सात करोड थप खर्च हुने अनुमान छ”, रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीले भन्नुभयो, “किसानका नाममा आएको रकम हो, व्यवस्थित गरेर खर्च गर्न खोज्दा केही ढिलाइ भएको हो ।” आफू आएपछि किसानकै खातामा रकम भुक्तानी दिने परम्पराको थालनी गरेको भन्दै जोशीले किसानले बिल भर्पाई मिलाएर ल्याउँदा ढिलो हुने गरेको बताउनुभयो । जोशी टीकापुरमा २०७८ साल कात्तिक महिनामा आउँदा माघ अन्तिमसम्म बजेट रोक्का थियो । “शीर्षकअनुसार बजेट बढी खर्च भएका कारण माघ महिनाको अन्तिमसम्म बजेट रोक्का थियो यसले गर्दामा पनि बजेट खर्चमा कमी भएको हो”, उहाँले भन्नुभयो ।

सिँचाइ आयोजनामार्फत कृषि एकाइले बीउ, मल, विषादीमा अनुदान दिने गरेको छ भने कृषि यान्त्रिकीकरण, सहकारीलाई बीउ उत्पादन, भण्डारण, प्रोसेसिङ, पूर्वाधारमा सहयोग गर्ने गरेको छ । यसैगरी केरा र च्याउ खेती तथा पशुपालनमा नश्ल सुधार र पशु स्वास्थ्य व्यवस्थापनमा किसानलाई आयोजनाले सहयोग गर्दै आएको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत १२ लाख ४७ हजार अमेरिकी डलर सहयोग छुट्याइएकोमा सबै खर्च भएर करिब ८४ हजार अमेरिकी डलर मात्र बजेट बाँकी रहेको जनाइएको छ । आयोजनामार्फत बर्सेनि दुई हजार ५०० देखि तीन हजार किसानले लाभ लिएको देखिए पनि दोहेरिँदा तेहोरिँदा करिब एक हजार किसानले मात्र लाभ लिएको पाइन्छ । आयोजनाबाट कतिपयले पटकपटक लाभ लिने गरेको कार्यालयका कर्मचारीको भनाइ छ । राजनीतिक आडमा टाठाबाठाले लाभ लिन खोज्दा आयोजना क्षेत्रमा रहेका सबै किसानले समान तवरले लाभ लिन सकेका छ्रैनन् । चर्चामा रहेको कोल्ड स्टोर निर्माण आउँदो आर्थिक वर्षबाट सुरु हुने भएको छ ।

सहकारी, कम्पनीमार्फत प्रतिस्पर्धा गराएर कोल्ड स्टोर निर्माण गरिेने सम्झौता वल्र्ड बैंकसँग भएकोमा रानीजमरा कुलरिया मूल कुला समितिमार्फत पनि गर्न सकिने भनि भर्खरै सम्झौतामा थप गरिएको छ । यसरी सम्झौतामा थप भएपछि मूल कुला समितिले कोल्ड स्टोर निर्माण प्रक्रिया अघि बढाउन पाउने भएको छ । मूल कुला समितिले १० प्रतिशत रकमअर्थात् रु ७५ लाख सङ्कलन गरेको छ भने १५ प्रतिशत रकम टीकापुर नगरपालिकाले बेहोर्ने सहमति भएको जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖