जय गणतन्त्र !
जय गणतन्त्र !
-वीरबल खड्का
वीर छोराहरुलाई लाखौ नमन
संसारमा तिम्रो जय होस्
अमर सहिदको महिमा अनौठो छ,
सहिद त्याग र तपश्यालाई सलाम छ
जय गणतन्त्र।
जे होस गणतन्त्र आको छ देशमा,
शुभकामना छ सबैमा,,,,!
गणतन्त्र कसलाई आयो,
तपाईहरुले देख्नु भयो?
भोग्नु भयो?
ठुलाव्यानर साईनबोर्डमा आएको गणतन्त्र
जय गणतन्त्र।
नेतालाई मात्रै आयो गणतन्त्र,
जनतालाई चहि आयो कि आएन?
शासन पद्धति मात्रै हो त गणतन्त्र,
जीवन पद्धति बन्न किन सकेन।
जय गणतन्त्र।
अब प्रश्नले पनि प्रश्न गर्ने ???
गणतन्त्र आएर चाहिं के भयो?
सहिदका सपना पूरा भए
बेपत्ता हरु भेटिए?
राज्य लोककल्याणकारी भयो
शिक्षा स्वास्थ निशुल्क भयो
रोजगारकोलागि अरब जानू पर्ने गणतन्त्र
बिरामी भएर उपचार गर्दा घर खेत सक्नु पर्ने गणतन्त्र
अनि राज्यले चहि नागरिकको टाउकै पछे ऋण हो,,
शब्द हैन गणतन्त्र अनुभुति गर्न पाऊ,,,,,,,,,,,,,,,
जय गणतन्त्र! जय गणतन्त्र !! जय गणतन्त्र !!!
–पाख्रिबास-४,धनकुटा

