धनकुटामा गोलभेंडाले राम्रो मूल्य पाए पछि किसानलाई राहत

धनकुटा, २० जेठ । गोलभेंडाले राम्रो मूल्य पाए पछि धनकुटाका किसान लाई राहत मिलेको छ । मूल्यमा एकरुपता नहुदाँ कुनै समय लगानी समेत उठाउन नपाउने किसानलाई अहिले भने गोलभेंडाले राम्रो मूल्य पाए पछि राहत भएको हो ।

किसानलाई राहत भए पनि उपभोक्तालाई भने ठूलो मार परेको छ । धनकुटाका अहिले स्थानिय गोलभेंडाको मूल्य प्रतिकेजी ९० रुपैयाँ देखि १ सय १० रुपैयाँ पुगेको छ । गोलभेंडा उत्पादन पकेट क्षेत्र घोषित धनकुटा नगरपालिका, पाख्रिबास, आँखिसल्ला, बेलहरा तथा बुढिमोरङ्ग लगायत जिल्लाका धेरै स्थानमा गोलभेंडाको व्यावसायी खेति हुने गरेको छ ।

हेलिकप्टर हस्तान्तरण
काठमाडौँ, २० जेठ (रासस) :नेपाली सेनाले उडान समयावधि पूरा गरी ग्राउन्डेड रहेको एक हेलिकप्टर रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहको प्रयोगात्मक अभ्यासका लागि हस्तानतरण गरेको छ ।

मन्त्रिपरिषद्को गत वैशाख २५ गतेको निर्णयअनुसार प्रदेश–१ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले यस आर्थिक वर्ष २०७८÷७९ बाट सञ्चालन गरेको उक्त तहका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि एनए–०३९ चेतक हेलिकप्टर र त्यससँग सम्बन्धित ४७ वटा पार्टपूर्जा आज हस्तान्तरण गरेको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सेनाको एयर वेशमा एक समारोहका बीच सैनिक वायु सेवाका महानिर्देशक पाइलट आशिष नरसिंह राणाले प्रदेश–१ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हेलिकप्टर हस्तान्तरण गर्नु भएको नेपाली सेनाले जनाएको छ । भारतको बैङ्लोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर भारतबाट विसं २०५८ मङ्सिर २६ गते सहयोग स्वरुप नेपाली सेनालाई उपलब्ध गराएको थियो ।

हाल निर्माता कम्पनीले तोकिदिएको उडान समयावधि पूरा गरी हेलिकप्टर ग्राउन्डेड रहेको थियो । मनमोहन प्राविधिक विश्वविद्यालयले उक्त हेलिकप्टर र यसमा प्रयोग हुने केही जगेडा सामग्री प्राप्त गरे पश्चात् अध्ययनरत विद्यार्थीको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्नमा सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

भविष्यमा पनि नेपाली सेनाद्वारा हवाई साधन मरमत तथा उडान सम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप तथा यस्ता किसिमका अध्ययन सामग्री हस्तान्तरण गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ । हस्तान्तरण समारोहमा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवास श्री पोखरेल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुङ्गेललगायतको सहभागिता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖