प्रदेश १ सरकारद्वारा लोकमार्ग निर्माणका लागि ५ अर्ब बजेट विनियोजन
विराटनगर, १ असार । प्रदेश १ सरकारले लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन गरिएको बताए ।
इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, स्थानीय तह जोड्ने सडकका लागि ४४ करोड,जनता आवासका लागि २५ करोड,निर्वाचन क्षेत्र पुर्वाधार विकासका लागि ९० करोड, सिंचाई खानेपानीको लागि ६ अर्व बजेट विनियोजन गरिएको छ ।
मधेश प्रदेशको ४६ अर्ब ८८ करोडको बजेट सार्वजनिक
जनकपुधाम, १ असार/मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ । बुधवार प्रदेश सभामा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनिक गरेका हुन् ।
त्यसमध्ये चालु तर्फ २१ अर्ब ७७ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव २१ प्रतिशत र पुँजीतर्फ २५ अर्ब ८२ लाख २० लाख ८० हजार अर्थात ५३ दशमलव २१ प्रतिशत छ ।
त्यसैगरि, वित्तीय व्यस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार अर्थात् शुन्य दशमलव ३५ प्रतिशत रहेको छ । चालु आवमा प्रदेश सरकारको बजेट करिब ३४ अर्ब छ ।


