राष्ट्रियसभामा तीन विधेयक टेबुल

काठमाडौँ, १० असार ।राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक ‘आर्थिक विधेयक, २०७९’, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औँ संशोधन), २०७९ पेश गर्नुभएको हो ।त्यस्तै, बैठकले ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त विधेयक स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले पेश गर्नुभएको थियो ।बैठकमा ‘रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त प्रस्ताव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पेश गर्नुभएको थियो ।राष्ट्रियसभाको अर्को बैठक यही असार १२ आइतबार ११ बजे बस्नेछ ।

नागरिकता विधेयक अघि बढाउन माग
काठमाडौँ, १० असार । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ संविधानमा भएको व्यवस्था बाझिने गरी कानुन बनाउनु हुँदैन । ”

सांसद रामचन्द्र राईले केही सीमित व्यापारिका हितमा हुनेगरी बजेटमा करको दर फेरबदल हुनु उचित नभएको टिप्पणी गर्नुभयो । उहाँले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिएको विषय भएकाले यससम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न माग गर्दै ढिलै भए पनि गृहमन्त्रालयले यस सम्बन्धमा पहल गरेकामा सरकारलाई धन्यवाद दिनुभयो ।

सांसद बिना पोखरेलले मनसुनी विपद्बाट हुने सम्भावित क्षति रोक्न बेलैमा तयारी थाल्न सरकारसँग आग्रह गर्दै मूल्य वृद्धि भएकोतर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले रसायनिक मलको कमी देखिएको वर्तमान अवस्थामा किसानलाई प्रोत्साहन गर्न तथा कृषि उत्पादन बढाउन सरकारले बेलैमा मलको आपूर्ति गरी वितरणका लागि सहज अवस्था निर्माण गर्नसमेत आग्रह गर्नुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले उच्च मूल्यवृद्धिले जनतालाई समस्या बनाएकाले समाधानका उपाय पहिल्याउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले आमाको नामबाट नागरिकता दिन सकिने कुरा कानुन नबनेका कारण समस्या उत्पन्न भएको जनाउँदै नागरिकतासम्बन्धी संविधानको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न माग गर्नुभयो ।

सांसद सुरेशकुमार आलेमगरले नागरिकसम्बन्धी विषय संवेदनशील विषय भएकाले यसमा सबै दलबीच सहमति गरी शीघ्र कानुन निर्माणमा जुट्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधानमा व्यवस्था भएको आमाको नामबाट नागरिकता दिने विषय कार्यान्वयनमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा विमला राई पौड्यालले शारीरिक र मानसिकरुपमा स्वास्थ्य हुन विवाह गर्ने उपयुक्त उमेर २० वर्ष उपयुक्त हुने जनाउँदै यसलाई घटाउन नहुने धारणा व्यक्त गर्नुभयो । सांसद नरबहादुर विष्टले रमसायनिक मलको आयात सहज गरी आपूर्ति गर्न सरकारसँग जवाफ माग गर्नुभयो ।

सांसद देवेन्द्र दाहालले समान दृष्टिकोणका आधारमा मित्र राष्ट्रसँग सम्बन्ध राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद प्रकाश पन्थले तनहुँमा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास अस्पतालले जनशक्तिको अभावमा उचित सेवा प्रवाह गर्न नसकेको उल्लेख गर्दै प्रतिष्ठित प्रतिष्ठान बनाउने सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।