ग्रामीण भेगका मानिसलाई सर्पदंशको उपचार पाउनै मुस्किल

युवराज विष्ट/भोजपुर, २५ असार । जिल्लामा सर्पदंशका बिरामीले उपचार पाउन मुक्किल पर्ने गरेको छ । विशेष गरेर ग्रामीण भेगका मानिस उपचारबाट बञ्चित हुने गरेका छन् । सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्गभङ्गसमेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ ।

यहाँ स्वास्थ्यचौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था छ । ग्रामीण भेगका अधिकांश सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा पूर्णरुपमा बन्द छ । स्टेचर तथा डोकामा बोकेर बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता हुँदा समयमा उपचार नपाएर ज्यान जाने पनि गरेको पाइन्छ । प्रायः ग्रामीण भेगका जनता सडक बिग्रेका कारण र समयमै सदरमुकामका अस्पताल पुग्न नसकदा उपचार गर्न उनीहरुलाई समस्या हुनाका साथै अन्य ठाउँका सुविधा सम्पन्न अस्पताल जान कठिन हुँदै आएको छ । यस्तो अवस्थामा सर्पको टोकाइको उपचार तथा अन्य सामान्य सेवाबाट उनीहरु बञ्चित हुँदै आएका छन् भने समयमै उपचार नपाएका कारण कतिपयले अकालमा ज्यान गुमाएका घटना पनि छन् ।

सर्पको टोकाइको सामान्य उपचार मात्र जिल्ला अस्पतालमा गर्न सकिने भोजपुरजिल्ला अस्पतालका प्रमुख वीरेन्द्र दास बताउनुहुन्छ । धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । प्रमुख दास भन्नुहुन्छ, “जिल्ला अस्पतालमा सामान्य खालको टोकाइको प्राथमिक उपचार हुन्छ । जटिल अवस्थाको यहाँ उपचार सम्भव छैन । त्यस्ता बिरामी आएमा प्राथमिक उपचारपश्चात् बाहिर रिफर गछौँ ।”

सर्पको टोकाइको स्वास्थ्य उपचारलाई सहज बनाउनुपर्ने स्थानीयवासीको माग छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका निवासी एकराज विष्ट भन्नुहुन्छ, “यो समयमा ग्रामीण भेगमा धेरै समस्या छन् । खेतबारीमा काम गर्नै प¥र्यो । काम गर्ने क्रममा ख्याल नगर्दा पनि सर्पले टोक्ने सम्भावना बढी हुन्छ तर यसको उपचार पाउन मुस्किल छ । हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि त तीनदेखि चार घण्टा हिँडेर स्वास्थ्यचौकी जानुपर्ने अवस्था छ । ”

नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्याङ्क छ । तीमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । विज्ञका अनुसार सर्पको विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्गअन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु) लाई क्षतिग्रस्त पार्छ । यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तस्राव हुन्छ । विषमा रहेको न्युरोटाक्सिनले स्नायुलाई क्षतिग्रस्त बनाउँछ र कार्डियोटक्सिनले सिधा मुटुमा असर पार्नाका साथै शरीरको आन्तरिक रक्तश्राव भएर बिरामीको मृत्यु हुन्छ ।

केही हदसम्म सावधानी अपनाउनसके सर्पको टोकाइबाट जोगिन सकिने विज्ञहरुले बताका छन् । सर्पको टोकाइको सिकार बढी किसाननै हुने गरेका छन् । त्यसपछि बालबालिका र वृद्धवृद्धा पनि सर्पको टोकाइमा पर्दै आएका छन् । सर्पदंशको उपचारका लागि राज्यले पनि लगानी गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । केन्द्र, प्रदेश तथा स्थानीय सरकारले टोल बस्तीमा सर्पसम्बन्धी सचेतनााका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनीहरुको भनाइ छ ।

स्थानीयस्तरमा सचेतना जगाउन सकियो भने र सर्प पक्रनका लागि तालिम प्राप्त मानिस उत्पादन भएमा धेरै सहजता हुने देखिन्छ । सर्प सङ्कलन गरिसकेपछि त्यसबाट विभिन्न तत्व सङ्कलन गरेर सर्पदंशको उपचारमा प्रयोग गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङअनुसार करिब ६०० प्रजातिका सर्प विषालु हुने र त्यस्ता सर्पको ५० देखि ७० प्रतिशतसम्मको टोकाइ विषालु हुने गरेको छ । विषालु सर्पले डसेपछि उपयुक्त एन्टिभेनमसँगै तुरुन्त चिकित्सा सेवा लिनु आवश्यक हुन्छ । असारदेखि साउन, भदौ, असोजसम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ । मुलुकमा सबैभन्दा बढी गोमन र करेतको टोकाइ हुने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । करेतले धेरैजसो राति सुतेका बेला थाहै नहुने गरी डस्ने गर्छ ।

गोमनले सामान्यतः दिउँसो कामको समय वा साँझ बिहान डस्ने गर्छ । गाउँघरमा हतारमा सर्पले टोकेको ठाउँमा चिरेर रगत बगाउने, डोरीले बाँध्ने चलन अझै पनि छ । तर यो उपयुक्त विधि होइन । यस्तो अवस्थामा टोकिएको घाउलाई सुरक्षित गर्दै जतिसक्दो अस्पताल जानु उपयुक्त हुने चिकित्सककोे सल्लाह छ । सर्पले टोकेपछि कतिपय गाउँघरका मानिस अझै पनि धाँमीझाँक्रीको खोजीमा समय बिताउने गर्दा उपचारमा विलम्ब हँुदा मानिसको अकालमा मृ त्युसमेत हुने गरेको उनीहरुको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।