त्यसपछि कहिल्यै भेट भएको छैन

लघुकथा

त्यसपछि कहिल्यै भेट भएको छैन

हुलाकी राजमार्ग को मध्यान्तरतिर एउटा ठुलो जङ्गल थियो । जङ्गल वारि प्रशन्नताको घर थियो जो जङ्गल पारी घर भएका राहुलकी प्रेमीका थिईन ।

हरेक सार्वजनिक विदाहरुमा उनीहरु त्यहि विशाल जङ्गलको चिल्लो कालोपत्रे सडक देखि करिब सात सय मिटर परतिरको चौतारीमा भेटिन्थे र गफिनु गफिन्थे ।चौतारोसम्म आइपुग्न लाग्ने समय करीबकरीब दुबैलाई बराबर थियो । चौतारो ढुङ्गाले गार्हो लगाएर बनाइएको थियो जहाँ तलतिर र मासतिर एकएक बरपीपल थिए ।

ध्रुव एलेक्स

बरपीपलको छहारीले उनीहरु सुरक्षित महसुस गरिरहेका हुन्थे त्यहाँ कुनै थोत्रा गाडीका बुढा हर्नहरु सुनिदैँनथे । उनीहरु शान्त अनुभूत गर्थे र दिनैभरि घरि प्रेमीको काखमा प्रेमीका घरि प्रेमीकाको काखमा प्रेमी न्यानो र निश्चल माया बाढ्थे । घरिघरि चल्थे र मधुहोश हुन्थे । चराका चिरबीर आवाज बाहेक अर्को कुनै सङ्गीत थिएन त्यहाँ । एउटा एकान्त जङ्गल जम्माजम्मी दुई जोडी त्यो बेग्लै संसार उनीहरुको स्वर्ग थियो ।

 

स्वर्ग किन थियो किनकि हरेक भेटमा उनीहरु मरिसकेको जस्तो अभिनयमा अङ्गालोमा कस्सिरहेका हुन्थे । युद्दमा गोली लागेर पछारिएको क्रान्तिकारी जस्तो भुँइमा लडिरहेका हुन्थे चट नपटाई एक माथि अर्काको शरीरमा निदाईरहेका हुन्थे ।समय ढल्केपछि छुट्नुअघि हरेक दिनको बिदामा उनीहरु समय निकालेर एकअर्कामा समर्पित हुने बाचाँ गर्थे र अर्को भेटमा भेट्ने कसम खाएर छुट्टिन्थे ।

त्यसपछिको अर्को बसाइँका लागि प्रशन्नता त्यहि जङ्गलको चौतारोमा आइन र राहुलको प्रतिक्षामा बसिन् तर राहुल आएन । उनले फोन गरिन् , मेसेज गरिन तर सम्पर्क नभएपछि उनी घर फर्किइन् । जब चिल्लो कालोपत्रे सडकमा पुगिन् उनले देखिन चोतारो तिर जाने बाटोको मुखैमा राहुल बाइक दुर्घटनामा परेर सदाको लागि अस्ताइसकेको रहेछ ।

त्यो दृष्य देखेर उनी पागलसरह चिच्याईन , मुड्कीले छातीमा ठोकिन् तर उनको केही लागेन ।हे भगवान जति लेखेको रहेछ आजसम्म मात्र रहेछ भन्दै सम्हालिन प्रयास गरिन । राहुल त मरेर गयो हामी अन्दाज गरौ त्यसपछि कहिल्यै भेट नभएपनि प्रशन्नता पलपल मरीमरी कसरी बाँचिरहेकी होलिन् ।

-ध्रुव एलेक्स,पाख्रीबास,धनकुटा ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।