खोटाङ भूकम्प अपडेट : एक घर ढल्यो, ४७ घर चर्किए

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ मेग्नेच्युडको भूकम्पले ४७ वटा घर चर्किनुका साथै एक घर भत्किएको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु मात्तिमविर्तामा मात्र ४५ घर चर्किएको वडाध्यक्ष जीवन न्यौपानेले बताए ।

मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बस्नै नमिल्नेगरी चर्किएको छ । ५ वडा रहेको साकेला गाउँपालिकाका अन्य वडामा पनि भूकम्पको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले बताए ।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईका अनुसार मात्तिमविर्तामा २७ वटा घर चर्किएको छ । सोही भूकम्पका कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गंगा राईको घर बस्नै नमिल्नेगरी चर्किएको वडाध्यक्ष कमल गिरीले बताए । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ध्रुव पौडेलको पुरानो घर चर्किएको छ । २०७२ सालको भूकम्पले चर्किएको सो घर आइतबारको भूकम्पले थप चर्किएको हो ।

क्षति मूल्यांकनका लागि पत्राचार

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गए लगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

भूकम्पबाट भौतिक एवं मानवीय क्षतिको तत्काल एसेसमेन्ट गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगरप्रमुख विमला राईले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।