धरानमा जिप र मोटरसाइकल ठो,क्किँदा एक जनाको मृ,त्यु
सुनसरी, २ भदौ । सुनसरीको धरान उपमहानगरपालिका–८ मा हिजो साँझ जिप र मोटरसाइकल ठो,क्किँदा एक जनाको मृ,त्यु भएको छ । दु,र्घटनामा एक जना घा,इते भएका छन् । इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे ठो,क्किएका थिए । दु,र्घटनामा ग,म्भीर घा,इते भएका मोटरसाइकलमा पछाडी सवार इटहरी उपमहानगरपालिका–११ का ३१ वर्षीय सुरज दाहालको धरान घोपामा उपचारका क्रममा मृ,त्यु भएको हो । सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप सहित चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ
कर्णाली, २ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलका अनुसार डा जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा सिद्धार्थ खातीले दुई वर्ष सेवा दिनुभएको थियो । उहाँले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए ।
डा रावलले भन्नुभयो, “अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात सुत्केरीलाई हेलिकप्टरबाट बाहिर पठाउनु प¥यो । यही समस्या समाधानका लागि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी, स्वास्थ्य सचिव डा रोशन पोख्रेल, प्रजिअ रोमबहादुर महतलगायतको पहलमा बुधबार डा सुरेन्द्र शाक्यलाई पठाएर सेवा दिन थालिएको छ ।”
डा शाक्यको उपस्थितिले आकस्मिक र जटिल खालका रोगको उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने सङ्कट हट्ने उहाँले बताउनुभयो । उपकुलपति डा रावलका अनुसार प्रतिष्ठानका बायोमेडिकल इञ्जिनियर अर्जुन सिंह नेतृत्वको टोलीले बुधबार नै जिल्ला अस्पतालका सम्पूर्ण उपकरण मर्मतसम्भार थालेको छ ।


