भूमिहीनको लगत संकलन गर्दै भूमि आयोग

दिलमाया शाही /जुम्ला, १४ भदौ । भूमि आयोगले जुम्लाका भूमिहिनहरूको लगत संकलन गर्न थालिएको छ । आयोगको केन्द्रीय टोलीले यसका लागि जुम्ला पुगेर स्थानीय तहसँग सहकार्य गर्न सहमति गरेको हो ।

आयोगका सदस्य टेकबहादुर शाह, दाताराम खनाल सहितको टोली जुम्ला पुगेर लगत संकलनका लागि स्थानीय सरकारसँग सम्झौता गरेको छ । भूमि आयोग जुम्लाका विज्ञ लक्ष्मी खत्रीका अनुसार दलित, भूमिहीन सुकुमबासी, अव्यव्यवस्थित बसोवासीहरू, व्यवस्थित गर्ने बिषयमा हस्ताक्षर भएको छ ।

सदस्य टेकबहादुर शाहले भूमिहीन र अव्यवस्थित बसोवास भएका नागरिकहरुको लगत संकलन अब स्थानीय तहले जोड दिने बताए । उनले सरकारको यो राष्ट्रिय अभियान सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए । आयोगका सदस्य दाताराम खनालले आयोगको काम कर्तव्य, व्यवस्था, आयोग र स्थानीय तहको भूमिका विषयमा सहजीकरण गरे । उनले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बस्ती व्यवस्थापन गर्न सूचना आह्वान गर्ने, सोहीअनुसार लगत सुरू गरिने बताए ।

यस्तै, जिल्ला अध्यक्ष तिर्थ बुढाका अनुसार स्थानीय तहमा अa भिन्नै शाखा हुनेछ । एक जना कर्मचारी स्थानीय तहले व्यवस्थापन गर्ने छ । उनका अनुसार स्थानीय तहले लगत संकलन गर्ने सूचना आह्वान गर्ने र लगत संकलन गर्ने बताए ।

आयोगले अव्यवस्थित बस्ती व्यवस्थापन गर्न समेत सुरू गर्ने बताएको छ । ०७६ सालअघि कुनै स्थानमा बसोबास गर्ने व्यक्ति बसोवास गरिरहेको छ भने अव्यवस्थित वस्तीका विषयमा आवेदन दिन सक्ने बताइएको छ । जिल्ला अध्यक्ष बुढाका अनुसार भूमिहीनका लागि आयोगको मात्रै नभई स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेकोले अत्यान्तै संवेदनसिल हुनुपर्नेमा जोड दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।