राष्ट्रपति भण्डारीद्वारा काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जलि

काठमाडौँ, १८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा काजी तुलाराम पाँडेको स्मृतिमा आज यहाँ आयोजित स्मृतिसभामा उपस्थित भई उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

काठमाडौँको वसन्तपुरमा आयोजना गरिएको काजी तुलाराम पाँडेको २५४औँ स्मृतिसभामा राष्ट्रपति भण्डारीले पाँडेको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

काजी तुलाराम पाँडे नेपाल एकीकरणको अभियान सुरु गरेका शाहवंशीय राजा पृथ्वीनारायण शाहका सैन्य सारथि हुनुहुन्थ्यो । तुलाराम पाँडे पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेका भाइ हुनुुहुन्थ्यो ।

नेपाल एकीकरणको अभियानअन्तर्गत विसं १८२५ असोज १४ गते (भाद्र चतुर्दशी इन्द्रजात्राका दिन) कान्तिपुर हमलाका क्रममा तुलाराम पाँडेको काठमाडौँको वसन्तपुरस्थित तुलजा भवानी मन्दिर परिसरमा निधन भएको हो ।

सो समारोहमा इतिहासकार प्राध्यापक दिनेशराज पन्तले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको सैनिक सारथिका रुपमा रहेर काजी तुलाराम पाँडेले नेपालको एकीकरणमा ठूलो योगदान पु¥याउनुभएको स्मरण गर्नुभयो ।

पाँडेको बारेमा अनुसन्धान गर्नुभएका डा कृष्णकुमार पाँडेले पृथ्वीनारायण शाहले एकीकरणका क्रममा आक्रमणको योजना बनाउनुभएका रणनीतिकरुपले महत्वपूर्ण विभिन्न स्थानमा साथ दिएर काजी तुलाराम पाँडेले नेपाललाई एक ढिक्का बनाउने काममा ठूलो सहयोग पु¥याउनुभएको बताउनुभयो ।

सो प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले देशका लागि युद्ध गर्दागर्दै वीरगति प्राप्त गर्नुहुने काजी कालु पाँडे र काजी तुलाराम पाँडे नेपालका वीर योद्धा हुनुहुन्थ्यो भन्नुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।